back
CTIZAN AD

तेह्रथुम पावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७८ साउन १९ मंगलवार

606 

shares

१९ साउन, काठमाडौँ । तेह्रथुम पावर कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज (साउन १९) गते अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि साउन ५ गते देखि प्रतिकित्ता १०० अंकित मूल्यको ४ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले निष्काशन गरेको १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर मध्ये ४ लाख कित्ता शेयर पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि वितरण गरिएको हो । कम्पनीले बाँकी रहेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि वितरण गर्ने छ ।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्काशन गरेको शेयर खरिदका लागि लगानीकर्ताले माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिनेछ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १२:३७ मा प्रकाशित

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...