आदरणीय प्रवासी नेपाली दाजुभाइ दिदिबहिनीहरु
विभिन्न परिवेशबाट देश छाडि बिदेशी भूमिमा रहेका छौँ । कोहि नेपाली नेपाली पासपोर्ट वा कोहि बिदेशी मुलुकको पासपोर्ट लिएर बसिरहेका हुन्छौ ।प्रवासमा रहेर सबैको चौतारीमा जमघट हुन र आफ्ना गतिबिधीहरु गैर आवासिय नेपालीको रुपमा दर्ज भएका छौ । बिश्वका थुप्रै देशमा शाखा गठन भएकोे एनआरएनएले मूल नाराका रुपमा ‘एक पटकको नेपाली सधैको नेपाली’ हुनु पर्छ भन्ने मान्यता राख्दै आएता पनि यो माग स्पष्ट रुपमा सम्बोधन हुन अहिलेसम्म सकिरहेको छैन । यो हुन सकेमा मात्र यसको साख उँचो रहन सक्छ ।
गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रिय नीति अनुरुपको स्मार्ट एनआरएनए बनाउने अभियानमा TMS सिस्टमबाट सन्सारभरी छरिएर रहेका नेपालीहरुलाई सदस्यता लिन र बन्नका लागि लागू गरिएको अनलाइन डाटा वेस प्रक्रिया कति सुरक्षित छ त ? यो बिषयमा बिगत देखि नै गम्भीर प्रश्नहरु आइरहेका छ्न् । एउटा नेपालीले पाएको आफू बसेको देशको आइडि कार्ड सार्वजनिक रुपमा अनलाइन लिन्कमा पोस्ट गर्दा सो ब्यक्तीको कार्डको डाटा दुरुपयोग हुन सक्ने र सम्बन्धित ब्यक्तिले ठूलो समस्या झेल्न पर्ने हुन्छ यसतर्फ एनआरएनएका नेतृत्व र अभियन्ताले किन चासो नदिने गरेको होला ?
यो पंक्तिकारले यहाहरु बिच कार्ड दुरुपयोगको घटना पस्कन चाहन्छु । नाम तथा बिवरण उल्लेख नगर्ने शर्तमा युरोपको राजधानी बेल्जियमको एउटा चश्मदित घटना । ब्यापारिक प्रयोजनमा बैकिङ्ग प्रक्रियामा काम गर्ने युरोपमा परिचित EMS नामको नेदरल्यान्डको कम्पनि सङ्ग सरोकारवाला एजेन्सिको मान्छेले बैन्किङ्ग प्रक्रिया बारे छ्लफल गर्दाको क्रममा बिना जानकारी आइडि कार्डको मोबाइलबाट फोटो खिचेर लगि किर्ते कन्ट्याक्ट् पेपेर र आइडिमा भएको हस्ताक्षर किर्ते गरि दशौ हजार बैक कन्ट्याक्ट्बाट आउने रकम सहित गायब गराएको थियो । सो बारे अहिले बेल्जियम पुलिस प्रशासन र अदालतमा किर्ते र रकम हिनामिना गरेको केश चलिरहेको छ । अब आफै भन्नुस सार्वजनिक रुपमा हामीले आफूसङ्ग भएको आइडि कार्डको सेकुयर कसरी होला ? यो गम्भीर चिन्ताको बिषय हो । तर हामी हल्का रुपमा कसलाइ जिताउनी कसलाइ हराउनी ? एकछिनको रमाइलो खेलमा अनलाइन भर्ने, नाम आएन भन्दै मरिहत्ते गर्ने ? गर्छौं । आफ्नो आइडिको सेकुयर गर्ने कि नगर्ने ? की हामीले पाएको आइडि कार्ड, बैक कार्डको कुनै सुरक्षा गर्नै नपर्ने ? यी यावत प्रश्न हामीले आफू माथी ल्याइरहेका छौं र समस्या निम्त्याइरहेका छौ ।
त्यति मात्र नभएर अनाधिकृत ब्यक्तिलाई एनआरएनएको सदस्य बन्न र २ बर्षमा एक पटक भोट दिनका लागि खट्टे बाडे झैँ आफ्नो कार्डको फोटो खिच्दै पठाउदै गर्ने कार्यले माथी उल्लेख गरेको यथार्थ घटना दोहोरिन नसक्ला त ? यदि हल्का रुपमा लिइयो भने सरोकारवाला ब्यक्तिले भोलि जुन कुनै समस्यामा पर्न सक्छ । त्यतर्फ सबै सतर्क र सजग बन्नै पर्छ । अर्को तर्फ स्मार्टको नाममा ब्यक्तिको प्राइभेसी डाटा र यसबाट आउन सक्ने समस्याको हेक्का गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद र मातहतका गैर आवासिय राष्ट्रिय परिषदहरुले बेलैमा ध्यान दिन जरुरी छ ।
वि.सं.२०७८ साउन १९ मंगलवार १२:४९ मा प्रकाशित






























