back
CTIZAN AD

अख्तियारको छानबिनमा ओलीका मन्त्रीहरु, हिट लिस्टमा पद्मा

वि.सं.२०७८ साउन १९ मंगलवार

789 

shares

साउन १९, काठमाडौं । सरकारबाट हटेलगत्तै केपी ओली सरकारका कतिपय निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । ओली सरकारका केही मन्त्रीमाथि छानबिन सुरु भएको अख्तियार स्रोतले बताएको छ ।

ओली सरकारमा रहेर प्रशस्त पैसा कमाउनेमध्ये एक पद्मा अर्याल पनि हुन् । सुरुमा भूमी व्यवस्था र पछि कृषि मन्त्रालय सम्हालेकी उनले आफन्तलाई तोक आदेशका आधारमा जागिर खुवाउनेदेखि भूमाफियाको पछि ठूला निर्णय गरेको खुलेको छ ।

खासगरी भूमि व्यवस्था मन्त्रालयमा रहँदा उनले नीतिगत निर्णयहरु गरेर करोडौं कमाएको स्रोत बताउँछ । झापाको गिरिबन्धु टि स्टेटले राखेको अरबौं रुपैयाँ पर्ने हदबन्दी भन्दा धेरै जग्गा बिक्रि गर्न दिन उनले नै पहल गरेकी थिइन् । गिरी बन्धु समूहबाट उनले ठूलो फाइदा लिएको स्रोत बताउँछ । जग्गाको कित्ताकाट फुकाउन पनि उनले जग्गा व्यवसायीबाट फाइदा लिएको तर, अदालतले रोक लगाएका कारण त्यो काम रोकिएको थियो । अरु धेरै हदबन्दी भन्दा धेरै जग्गा राख्नेलाई पनि उन्मुक्ति दिने गरी प्रावधानहरु हेरफेर गरिएको थियो ।

उनको पहलमा भूमी सम्बन्धि ऐन नै संशोधन गरेर कम्पनी सार्ने नाममा महंगो जग्गा बिक्रि गर्न दिने निर्णय भएको थियो । जसको कर्मचारीले विरोध गर्दै आएका छन् । स्रोतका अनुसारमा यसमा संलग्न भूमी व्यवस्था मन्त्रालयका सचिव टेकनारायण पाण्डे, भूमी व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेललगायतमाथि छानबिन गर्न लागिएको छ । गिरिबन्धुले उनीहरु सबैलाई आर्थिक प्रभावमा पारेको मन्त्रालय स्रोत बताउँछ ।

ओली सरकारले २४ असारमा गिरिबन्धुलाई बिर्तामोडको जग्गा बिक्रि गर्न अनुमति दिएको थियो । कर्मचारी फस्न सक्ने भएकाले यसरी मन्त्रिपरिषद्बाटै निर्णय गराइएको थियो । सो जग्गाको मुल्य करिब ३० अर्ब रहेको छ । जसमध्ये १० अर्ब रुपैयाँ त नेता र कर्मचारीलाई घुसमै बाड्न लागिएको स्रोत बताउँछ । यो ओली सरकारको सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार भएको कर्मचारीहरु बताउँछन् । यो समाचार आजको दृष्टि न्यूज अनलाईनमा प्रकाशित छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १४:४४ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...