back
CTIZAN AD

शरिरलाई फिट राख्नका लागि दिनको सुरुवातमा गर्नुहोस् यी पाँच काम

वि.सं.२०७८ साउन १९ मंगलवार

1.2K 

shares

शरिरलाई चुस्त–दुरुस्त राख्न सकियो भने मन शान्त हुनुका साथै शरिरमा सकारात्मक उर्जाको प्रवाह हुन्छ । तर सरीरलाई चुस्त–दुरुस्त राख्नका लागि खानपान तथा योगमा ध्यान दिनु अति आवस्यक हुन्छ ।

स्वास्थ्य विज्ञका अनुसार खानपानमा विशेष ध्यान दिनुका साथै बिहानको समयमा यी कामगर्न सकियो भने शरीरमा सधै ताजापन ल्याउन सकिन्छ ।

के हुन् त ती पाँच काम ?
पानी पिउनुहोस्

Sporty Woman Drinking Water After Stock Footage Video (100% Royalty-free)  22071655 | Shutterstock

बिहान उठ्नासाथ प्रसस्त पानी पिउनुहोस् । खाली पेटमा पानी पिउनाले मोटाबलिज्म बुस्ट गर्नुका साथै पाचन प्रक्रियामा सहयोग पुर्याउदछ । त्यसैले बिहान उठ्नासाथ एक गीलास पानी पिउन नभुल्नुहोस् ।

मेडिटेशन

Can meditation worsen anxiety and depression? Here is what research says |  Lifestyle News,The Indian Expressशरिरमा स्फूर्ति बढाउनका लागि मेडिटेशन पनि अति आवस्यक हुन्छ । मेडिटेशनले तनाव कम गर्नुका साथै शरिरलाई स्वस्थ्य राख्न सहयोग गर्दछ । मेडिटेशन शरीरलाई एक्टिभ र दिमागलाई शान्त राख्न सहयोगी हुन्छ ।

नास्तामा ड्राइफ्रुट्स सामेल गर्नुहोस्

Almonds Nutrition - Health Benefits of Almonds

खाली पेटमा ६ देखि १० वटा भिजाएको बदाम र ओखर खानुहोस् । यसले शरिरमा शक्ति बढ्ने र मोटाब्लिजम बढाउनमा सहयोग गर्दछ । ड्राइफुट्रसले शरिरलाई पोषकतत्व प्रदान गर्दछ ।

कार्डियो एक्ससाइज गर्न जरुरी

5 Key Tips For Running While Pregnant | Mustela USA
त्यस्तै कार्डियो एक्सरसाइज पनि शरिर र दिमाग दुवैका लागि अति महत्वपूर्ण हुन्छ । कार्डियो एक्सरसाइजमा दिनहुँ छिटो छिटो दौडिनुलाई राम्रो मानिन्छ । यो एक्सरसाइज तपाई आफै गर्न सक्नुहुन्छ । यसको लागि जिम जानु जरुरी हुँदैन । बिहानको शितल हावा र शान्त वातावरणमा कम्तिमा ३० मिनेट छिटो–छिटो हिँडेर एक्सरसाइज गर्न सकिन्छ ।

बिहानको नाश्ता जरुरी

Breakfast Food A healthy fashion romantic life Poster Print HD  Size(50x70)cm Wall Sticker Home Decoration|sticker decals for cars|sticker  vwstickers glass - AliExpress
शरिरलाई दिनभरी फिट राख्नका लागि बिहानको समयमा नाश्ता गर्न अति जरुरी हुन्छ । कतिपय मानिसले शरिरमा मोटोपन बढ्छ भनेर नास्ता खाँदैनन् । तर, स्वास्थ्य विज्ञका अनुसार मोटोपन कन्ट्रोल गर्नका लागि बिहानको नास्ता जरुरी हुन्छ । बिहानको नाश्ताले मानिहरुलाई दिनभरी शक्ति दिने तथा भरपुर मात्रामा कार्बोहाइड्रेड र प्रोटीन प्राप्त गर्न सकिन्छ । यो शरिरको लागि अत्यन्त महत्वपूर्ण हुन्छ ।

वि.सं.२०७८ साउन १९ मंगलवार १५:४८ मा प्रकाशित

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...