२० साउन, काठमाडौं । हाल देशैभरी मनसुनी वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वि.सं.२०७८ साउन २० बुधवार ०८:४८ मा प्रकाशित






























