२० साउन, झापा । दमक उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको कोरोना महामारी नियन्त्रण अभियानअन्तर्गत करीब रु ४१ लाख ७५ हजार सहयोग जुटाएको छ ।
सङ्घको अगुवाइमा सञ्चालन गरिएको महामारी नियन्त्रण अभियानले अत्याधुनिक भेन्टिलेटरसहित विभिन्न स्वास्थ्य उपकरण खरीदका लागि सो सहयोग जुटाइएको अध्यक्ष गोकुल श्रेष्ठले बताए ।
सङ्घले आज पत्रकार सम्मेलन गरी निजी क्षेत्रका सङ्घ संस्था र व्यक्तिको सहकार्यमा सहयोग जुटाएर विभिन्न स्वास्थ्य उपकरण खरीद गरी ल्याइसकिएको उनले बताए । सहयोग जुटाउन सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाइँको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरिएको थियो ।
अभियानका संयोजक प्रसाइँले दमकमा कोरोनाको महामारी नियन्त्रणका लागि निजी क्षेत्रका तर्फबाट सहयोग पुगोस् भनेर विभिन्न व्यक्ति तथा संस्था, लायन्स क्लबसँगको सहकार्यमा सहयोग प्राप्त भएको थियो ।
वि.सं.२०७८ साउन २० बुधवार १३:४६ मा प्रकाशित






























