४ अगस्त, लुसाका, जाम्बिया । गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिती जाम्बियाको अध्यक्षमा पोषण राज बस्नेत सर्बसम्मतिले अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचन पर्यवेक्षक एबम सङ्घका संरक्षक बिदुर खनालका अनुसार उपाध्यक्षमा रोजनराज घिमिरे, महासचिवमा भिमबहादुर बम, सचिवमा महेश्वर कुमार ठाकुर, कोषाध्यक्षमा दीपक सिंह, युवा संयोजकमा बिवेक प्रताप सिंह, महिला संयोजकमा दीपा भण्डारी र सदस्यहरूमा मनिषा मुल्मी, रवीलाल पाण्डे, नीम बलायर, हेमाङ्ग लामा र ईश्वर भुषाल निर्वाचित भएका छन् ।
वि.सं.२०७८ साउन २० बुधवार १३:४५ मा प्रकाशित






























