back
CTIZAN AD

झापामा फलाउन थाले इजरायलमा हुने उन्नत जातका केराखेती

वि.सं.२०७८ साउन २० बुधवार

618 

shares

२० साउन, बनियानी । इजरायलमा हुने उन्नत जातको केराखेती झापामा शुरु भएको छ ।

झापा गाउँपालिका–३ का कृषक चन्द्रप्रसाद बस्नेतले इजरायलमा हुने उन्नत जातको ‘विलियम हाइब्रिड’ जातको केराखेती शुरु गरेका हुन् । झापामा पहिलोपटक भित्र्याइएको उक्त जातको केरा सुगन्धित र स्वादिलो हुने उनले बताए ।

“एउटै माटोमा दश वर्षसम्म खेती गर्न मिल्ने यो जातको केरामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ”, उनले भने, “ यो केराखेतीबाट १० वर्षसम्म आम्दानी लिन सकिन्छ, यो अन्य जातको केरामा हुँदैन ।” यो केरामा रोग कम लाग्ने भएकाले उत्पादन बढ्ने र उच्च लाभ मिल्ने उनले दाबी छ ।

विलियम केराको बोटको मध्यम उचाइ बढीमा दश फिटसम्मको र निकै मोटो गोलाइको हुन्छ । यसको बोट र पात गाढा हरियो हुन्छ । केराको घरी लामो र बाक्लो काइँया (१२ देखि १५ सम्म) हुने उनले बताए । कोसा मोटो र लामो हुने बताउँदै उनले भने, “एउटा घरीमा १७० देखि २०० कोसासम्म फल लाग्छ ।”

बस्नेतले अन्य युवाहरुको सहकार्यमा एग्रिसेन्टर झापा प्रालि कृषि फार्म सञ्चालन गरेका छन् । एग्रिसेन्टरमा उनीसँगै डम्बर खनाल, पूजा खनाल, हरिकला कार्कीलगायत पाँच जनाको साझेदारी छ । रु २५ लाखबाट शुरु गरेको व्यवसायमा अहिले रु ७० लाख लगानी पुगिसकेको छ । एक वर्षअघि शुरु गरिएको केराखेती फस्टाएपछि खेती विस्तार पनि हुँदै गएको छ ।

केराखेती बढाएर २५ बिघामा पुर्याउने लक्ष्य रहेको सुनाउँदै उनले भने, “जग्गा भाडामा लिएर घेराबारा गरिसकेका छौँ, आउने मौसममा बिरुवा लगाउँछौँ ।” हाल दुई बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा इजरायली विलियमसँगै नेपालका लागि नयाँ प्रजातिकै मानिने भुटानी मालभोग केरा रोपिएको छ । बगानको बीच–बीचमा नेपाली मालभोग केरा पनि लगाइएको बस्नेतले बताए ।

सरकारी कोटामा स्थानीय कृषि सहकारी संस्थामार्फत कृषिसम्बन्धी ज्ञान हासिल गर्न ११ महिना इजरायल गएका बस्नेतले त्यहाँ केराखेतीसम्बन्धी सिकेको सीप र प्रविधिअनुसार नै आफ्नै गाउँठाउँमा केराखेती गरेको र त्यसबाट सफलता प्राप्त हुँदै गएको उल्लेख गरे ।

इजरायलबाटै विलियम जातको केराको एउटा बिरुवा ल्याएको र काठमाडौँको कृषि प्रयोगशालामा विकास गरिएको बिरुवा ल्याएर खेती गरिएको उनी बताउँछन्। अहिले उनका बगानमा पाक्दै गरेका, पाक्न आँटेका, पसाउँदै गरेका र हुर्कँदै गरेका विभिन्न चरणका केराका बोट छन् ।

विलियम जातको केराखेतीमा अन्य कृषकको पनि आकर्षण बढ्दै गएको बस्नेत बताउँछन्। फार्मबाट झापाका अन्य कृषकका साथै चितवनसम्मका कृषकले बिरुवा लैजाने गरेका छन् । यहाँबाट उत्पादित केरा धेरैजसो काठमाडौँ जाने गरेको छ ।

साथै पूर्वको इटहरी, दमक, बिर्तामोड, धरान, विराटनगरलगायतका बजारमा बिक्री भइरहेको छ । उत्पादित केराको बजारको अभाव नरहेको बताउँदै उनले भने, “बजारको समस्या छैन, व्यापारीहरु बगानमै आएर पनि लैजान्छन् ।”

शुरु–शुरुमा धेरै नाफा नदेखे पनि अबको उत्पादनले नाफा दिने उनका भनाइ छ । उनले आउँदो दशैँलाई लक्ष्य गरेर केरा उत्पादनको तयारी गरिरहेका छन् । केराखेतीका लागि यहाँको माटो अनुकूल भएकाले रासायनिक मलको आवश्यकतै नपर्ने बताउँदै उहाँले आफूहरुले उत्पादन गरेको केरा अग्र्यानिक रहेको दाबी गरे । उनले भने, “खेतमा आफैँ तयार पारेको जैविक मल प्रयोग गर्छौँ ।” फार्ममा अहिले पाँच जनाले रोजगारीसमेत पाएका छन् ।

वि.सं.२०७८ साउन २० बुधवार १३:४७ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...