back
CTIZAN AD

माओवादीको सम्पर्कमा आइन् विमला वली, मुख्यमन्त्री पोखरेलले बन्धक बनाएको आरोप

वि.सं.२०७८ साउन २० बुधवार

624 

shares

साउन २०, काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद विमला खत्री (वली) माओवादी केन्द्रको सम्र्पकमा पुगेकी छिन् । बुधबार उनले आफुँ माओवादी केन्द्रमै रहेको र एमालेमा नगएको भन्दै माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’लाई फोन र म्यासेज गरेकी हुन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य इन्द्रप्रसाद खरेलले वली सम्पर्कमा आएको र छिट्टै पत्रकार सम्मेलन गरि जानकारी दिने तयारी गरेको बताए । हराएको दिनदेखि नै आफुँ शंकर पोखरेलको मन्त्री क्वाटरमा बन्धक अवस्थामा रहेको कुरा वलीले बताएको सांसद खरेलले जानकारी दिए ।

‘उहाँ सम्पर्कमा आउनुभएको छ, उहाँलाई जबरजस्ती बन्धक बनाइएको कुरा उहाँले जानकारी गराउनुभएको छ’ संसार न्यूजसँग खरेलले भनेका छन्, ‘हामी छिट्टै पत्रकार सम्मेलन गरेर वलीजीको वास्तविकताबारे जानकारी दिन्छौं ।’

उनले मुख्यमन्त्री शंकर पोखरलविरुद्व अपहरणको मुद्दा लगाउने तयारीमा आफुँहरु रहेको बताए । उनले भने, ‘वली जीले हालसम्म आफुँलाई बन्धक बनाई राखिएको कुरा बताउनु भएको छ, त्यो पनि पोखरेलको क्वाटरमा, हामी पोखरेलविरुद्व मुद्दा दर्ताको तयारीमा पनि छौं ।’

सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि वलीले पत्रकार सम्मेलन नै गरेर माओवादी केन्द्र रोजेकी थिइन् । तर, लुम्बिनीमा सत्ता परिवर्तनको खेल सुरु भएसँगै अचानक उनको नामबाट एमालेमै फर्किएको विज्ञप्ति सार्वजनिक भएको थियो ।

तर माओवादी केन्द्रले भने वलीको उक्त विज्ञप्तीलाई शंकास्पद भएको बताएको थियो । केन्द्रले वलीलाई सार्वजनिक गरिनुपर्ने पनि बताईरहेको थियो ।

वि.सं.२०७८ साउन २० बुधवार १४:४३ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...