२० साउन, काठमाडौं । आफ्नै श्रीमती २८ वर्षीया बबिता राईको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ चौमती बस्ने नुवाकोट तादी गाउँपालिका–२ सातबिसेका ३३ वर्षीय रामेश्वर गोतामे रहेका छन् ।
उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार राति श्रीमतीको हत्या गरेको उनलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन २० बुधवार १४:३६ मा प्रकाशित






























