back
CTIZAN AD

निर्णय खारेजीको माग गर्दै पन्ध्रजना पूर्वमहानिरीक्षकले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन

वि.सं.२०७८ साउन २० बुधवार

885 

shares

२० साउन, काठमाडौँ । पन्ध्रजना पूर्व महानिरीक्षकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण गर्ने अघिल्लो सरकारको निर्णय खारेजीको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रपतिको कार्यालय विस्तार गर्ने सिलसिलामा प्रहरी प्रतिष्ठान स्थानान्तरणको निर्णयबाट त्यसको ऐतिहासिक परिचय मेटिने तथा नेपाल प्रहरीको संस्थागत विकासको महत्वपूर्ण आधारशिला एवम् जीवन्त सङ्ग्रहालयको अस्तित्व मासिने भन्दै उनीहरूले निर्णय सच्च्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

पूर्वप्रहरी महानिरीक्षकहरू दुर्लभकुमार थापा, मोतीलाल बोहोरा, अच्युतकृष्ण खरेल, ध्रुबबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीले पूर्ववर्ती सरकारको निर्णय यथाशीघ्र खारेजीको माग गरेका हुन् ।

राष्ट्रपति कार्यालय विस्तार गर्न अघिल्लो सरकारले महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठान अन्यत्र स्थानान्तरण गर्ने र त्यसले चर्चेको एकसय १४ रोपनी तीन आना जग्गा राष्ट्रपति कार्यालयको नाममा कायम गर्ने निर्णय गरेको थियो ।

वि.सं.२०७८ साउन २० बुधवार २०:२३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...