back
CTIZAN AD

लोकप्रिय बन्दै ‘छोरी बचत खाता’

वि.सं.२०७८ साउन २१ बिहीवार

747 

shares

२१ साउन, रुकुम । रुकुम (पूर्व)को सिस्ने गाउँपलिकाले गत आर्थिक वर्षमा ८१ छोरीका ‘छोरी बचत खाता’ खोलेको छ ।

गत आवदेखि कार्यान्वयनमा ल्याइएको सो कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र जन्मेका ती छोरीको खाता सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले सिस्ने –५ मा अवस्थित कृषि विकास बैंकमा खाता खोलिदिएको छ ।

गाउँपालिकाले गत साउनदेखि जन्मिएका छोरीको खाता खोलेर रु पाँच हजार जम्मा गरिदिँदै आएको छ । गाउँपालिकाले तोकेको मापदण्ड पूरा गरी जन्मिएका सबै छोरीको खाता खोलिदिएको अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।

छोरी बचत खाताका लागि अनिवार्यरूपमा चारपटक गर्भजाँच गराएको हुनुपर्ने छ । यस्तै स्वास्थ्य संस्थामै सुत्केरी भएको हुनुपर्ने र छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्ने उनले बताए ।

सबै प्रक्रिया पूरा भएपछि वडाको सिफारिश लिएर गाउँपालिकामा पुगे गाउँपालिकाले नै छोरी बचत खाता खोलिदिने गरेको छ । सोही क्रममा कार्यक्रम शुरुआत गरेको पहिलो वर्ष अर्थात् गत आवमा ती छोरीको खाता खोलिएको गाउँपालिकाले जनाएको छ ।

चालु आवको खाता भने अगामी भदौबाट खोल्न शुरु गरिने गाउँपलिकाले जनाएको छ । उनका अनुसार छोरी बचत खाता कार्यक्रमको रकम छोरी २० वर्ष पुगेपछि मात्रै निकाल्न पाइने छ ।

यसका लागि २० वर्ष नपुगी विवाह नगरेको र पढाइ निरन्तरता हुनुपर्ने छ । बीस वर्षपछि उक्त रकम छोरीले निकालेर आफैँ चलाउन पाउने गरी गाउँपालिकाले कार्यविधि तयार पारेको छ । बीस वर्ष नपुगी छोरीले विवाह गरेमा सो रकम गाउँपालिकाको खातामा फिर्ता हुने गाउँपालिकाले जनाएको छ ।

बालविवाह रोक्ने, बीस वर्षसम्म निरन्तर छोरीलाई पढाउने, उच्च शिक्षा अध्ययन गर्न चाहेमा पनि २० वर्षपछि उक्त रकम निकालेर अध्यन गर्न मिलोस् भन्ने उद्देश्यले छोरी बचत कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बरालले बताइन् ।

बचत कार्यक्रमबाट छोरीको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । यस कार्यक्रम गाउँपालिकामा निकै नै प्रभावकारी भएको पाइएको गाउँपलिकाले जनाएको छ ।

वि.सं.२०७८ साउन २१ बिहीवार १७:१० मा प्रकाशित

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...