back
CTIZAN AD

खोटाङ समाज हङकङले पठायो जिल्लाका लागि ९ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

वि.सं.२०७८ साउन २४ आइतवार

726 

shares

२४ साउन, खोटाङ । खोटाङ समाज हङकङले खोटाङ जिल्लाका सबै स्थानीय तहलाई रु नौ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
विश्वभर फैलिएको कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन समाजले दुई नगरपालिका र आठ गाउँपालिकालाई शनिबार रु नौ लाख ५२ हजार ५६ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषको समन्वयमा खोटाङ समाज हङकङले चार थान अक्सिजन सिलिण्डर, स्यानिटाइजर स्प्रे, पिपिइ, फेसशिल्ड, पल्स अक्सोमिटर, थर्मलगन, गाउन, सर्जिकल ग्लोब्स, ह्याण्ड स्यानिटाइजर, स्ट्रेचर, ह्वीलचेयरलगायतका सामग्री उपलब्ध गराएको जनाइएको छ ।
जिल्लाका सबै स्थानीय तहमा पठाउने गरी समाजका सदस्य धर्मराज राईले जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल विकास समितिका अध्यक्ष बबि चाम्लिङलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

May be an image of 4 people, people standing, outdoors and tree

खोटाङमा जन्मिएर हाल हङकङमा बसिरहेका खोटाङेले स्थापना गरेका समाजको अगुवाइमा हङकङमा सञ्चालन गरिएको सहयोग अभियानका क्रममा जम्मा भएको रकमबाट काठमाडौँमा स्वास्थ्य सामग्री खरिद गरेर जिल्ला ल्याइएको समाजका सदस्य राईले बताए । समाजमा आबद्ध खोटाङेले आफ्नो मातृभूमिका लागि उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लाका हरेक स्थानीय तहमा करिब रु ९०÷९० हजार बराबरको पुग्ने अनुमान गरिएको छ ।

May be an image of 6 people, people standing and outdoors

यसअघि खोटाङ सेवा समाज युके (बेलायत)ले जिल्ला अस्पताल खोटाङ र स्थानीय तहलाई दुई चरणमा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । ‘अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने नाराका साथ समाजले रु २४ लाख ६० हजार २०० रकमको स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

पहिलो चरणमा थर्मलगन, कन्सन्ट्रेटर मेसिन, पल्स अक्सोमिटर, इन्ट्युवेशन सेट, अक्सिजन मास्क, सक्सन ट्युब, गाइड्लर एरवेज, थ्रीवएज अक्सिजन कारमेला र दोस्रो चरणमा पोर्टेबल एक्सरे मेसिन, प्यासेन मनिटर, स्टाण्ड माउन्टेड, एन्टिजेन टेस्ट कीटलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको समाजका सदस्य जानुका राईले बताए ।No photo description available.

समाजका अध्यक्ष डा प्रमोद कोयी राईले भर्चुअल माध्यमबाट एक कार्यक्रम गरी खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलको रोहबरमा जिल्ला कोभिड अस्पताल र स्थानीय तहलाई स्वास्थ्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा हाल कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन घट्दै गएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) खोटाङले जनाएको छ । डिसीसिएमसीका अनुसार गत वैशाखयता दुई हजार ५१४ जनालाई सङ्क्रमण देखिएको जिल्लामा हाल ३६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा अहिलेसम्म निषेधाज्ञा लागू गरिएको छैन ।

May be an image of 1 person, standing, tree and outdoors
निषेधाज्ञाले जिल्लामा निर्माणाधीन विकास निर्माणका काममा समस्या हुनुका साथै विभिन्न विकृति फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू नगरेको हो ।
सरकारले ठूला शहर तथा बजारमा ५०० र पहाडी जिल्लामा २०० सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लागू गर्न निर्देशन दिएको थियो । जिल्लामा निषेधाज्ञा लागू नगरिए पनि सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गरिएको प्रमुख जिल्ला अधिकारी एवं डिसीसिएमसीका संयोजक शर्माले बताए ।

 

वि.सं.२०७८ साउन २४ आइतवार ०७:५७ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...