back
CTIZAN AD

उत्पादित तरकारीमा विषादीको प्रयोग बढ्दो

वि.सं.२०७८ साउन २४ आइतवार

567 

shares

२४ साउन, चितवन । जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।

कृषि ज्ञान केन्द्रद्वारा गत वर्षको समीक्षा एवं चालू आर्थिक वर्षको नयाँ कार्यक्रमका बारेमा जानकारी दिन आज आयोजित बैठकमा गत आवमा परीक्षण गरिएका नमूनामध्ये १३ मा विषादीको प्रयोग बढी भएकाले विसर्जन गरिएको जानकारी दिइएको थियो । विषादी द्रुतपरीक्षण प्रयोगशाला क्षेत्रपुरमा सो परीक्षण गरिएको थियो ।

भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयका योजना प्रमुख राजन ढकालका अनुसार एक हजार ५७ नमूना परीक्षणका क्रममा १३ नमूना विसर्जन गरिएको, २० नमूनालाई क्वारेन्टिनमा केही समय राखेर मात्र बिक्री वितरणका लागि अनुमति दिइएको थियो ।

प्रयोगशाला दुई वर्षअघि सञ्चालनमा ल्याइएको हो । अघिल्लो आवमा २९९ नमूना परीक्षण गरिएको थियो । पहिलो आवमा दुई नमूनालाई बढी विषादीको प्रयोगका कारण विसर्जन गरिएको थियो भने छ नमूनालाई क्वारेन्टिनमा राखिएको उनले जानकारी दिए ।

गत आवमा प्रयोगशालामा परीक्षण गरिएका नमूनामध्ये सबैभन्दा धेरै काँक्रोमा विषादी प्रयोग भएको पाइएको र चार वटा काँक्राको नमूनालाई विसर्जन गरिएको कार्यालयले जनाएको छ ।

त्यस्तै बोडी, भेडेखुर्सानी, टमाटर, काउली, ब्रोकाउली, सिमी, घिरौँलालगायतमा विषादीको प्रयोग बढी भएको पाइएको छ । कालीमाटी तरकारी बजारबाटसमेत जिल्लाबाट गएका तरकारीमा विषादीको प्रयोग बढी भएको गुनासो आएपछि कृषकलाई गाउँगाउँमा गएर सम्झाउने र विषादीको प्रयोगबारे जानकारी गराउने काम भएको प्रमुख ढकालले बताए ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विदेश गएर फर्किएका र यही रहेका युवा अहिले कृषि पेशामा आकर्षित भएको कार्यालयले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गत आवमा समीक्षा गर्दै चालू आवमा कृषि क्षेत्रमा हुने कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

प्रमुख डल्लाकोटीले विषादीरहित तरकारी उत्पादनमा जोड दिनुपर्ने बताए । उनले भने, “अबको सयम प्राङ्गारिक खेतीको हो । सबैले प्राङ्गारिक मल र उत्पादनको प्रयोग गर्नुपर्छ ।” कार्यक्रममा केन्द्रका प्रमुख युवराज पाण्डेले आगामी कार्यक्रम कृषकमैत्री भएर सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वि.सं.२०७८ साउन २४ आइतवार १३:५० मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...