back
CTIZAN AD

कुन-कुन ठाउँमा लगाइन्छ त कोरोनाविरुद्धको भोलिदेखि लगाइने दोस्रो मात्राको खोप ?

वि.सं.२०७८ साउन २४ आइतवार

1.1K 

shares

२४ साउन, काठमाडौं । साउन २५ गते (भोली) देखि ६५ वर्ष र सो भन्दा माथि उमेर समुहका झण्डै १४ लाख नागरिकले दोस्रो मात्राको खोप लगाउँदै छन् ।

जापान र भुटान सरकारले दिएको अस्ट्राजेनिका खोप कोभिसिल्ड खोप लगाएर त्यसको दोस्रो मात्रा लगाउन नपाएकाहरुका लागि उक्त खोप लगाउन लागिएको हो ।

कहाँ कहाँ छन् त खोपकेन्द्रहरु ?
काठमाडौं महानगरपालिकाले भोलीदेखि लगाइने उक्त खोप काठमाडौंका ३२ वटै वडा र विभिन्न अस्पतालबाट लगाउन सकिने जानकार दिएको छ ।

महानगरका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सोमबार र मंगलवार (२५ र २६ गते) बिहान १० बजेदेखि ५ बजेसम्म ६५ वर्ष वा सो भन्दा माथि उमेर समुहका लागि उक्त खोप लगाइने छ । महानगरले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएको खोप कार्ड र आफ्नो उमेर खुल्ने परिचयपत्रसहित खोप लगाउन जान समेत अनुरोध गरेको छ ।

यी हुन् थप खोपकेन्द्र
त्यसैगरी राधास्वामी आइसोलेशन सेन्टर सामाखुसी, शसस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगन्ज, निजामति कर्मचारी अस्पताल बानेश्वर र प्रसुति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल थापाथलीमा पुगेर पनि लगाउन सकिने महानगरद्धारा जारी सूचनामा जनाइएको छ ।

 

भोलीदेखि १४ लाखलाई दोस्रो मात्राको खोप लगाइने, विदेश जाने नागरिकले पनि लगाउन पाउने

वि.सं.२०७८ साउन २४ आइतवार १५:२७ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...