back
CTIZAN AD

राष्ट्रिय सभामा वामदेवको प्रस्ताव : सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याऔं

वि.सं.२०७८ साउन २४ आइतवार

645 

shares

साउन २४, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले भूमिसम्बन्धी समस्या समाधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने बताए ।

‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनि हुने, अर्काथरि मानिसहरु सुकुम्बासी हुँदैहुँदै जाने,’ गौतमले भने ।

लामो समयदेखि बसेका भूमिहीनहरु र सुकुम्वासीको समस्या समाधान गर्न पहिला भूमिसुधार लागू गर्नुपर्ने उनले बताए। ‘भूमिहीन सुकुम्वासीलाई जमिनमात्र दिएर समाधान हुन्न,’ गौतमले भने, ‘जबसम्म जमिन दिइन्छ भूमिहीन र सुकुम्वासी बनाउने प्रक्रिया त्यहीँबाट सुरु हुन्छ।’

राष्ट्रिय सभामा विशेष समय लिएर बोल्दै उनले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए ।

‘हामीले पहिले नै गल्ती गर्‍यौं र त्यो व्यक्तिगत स्वामित्वमा गयो। अब फेरि सबै सरकारको स्वामित्वमा ल्याउने काम गरौं। अब जमिन बाँड्ने गलत बाटोमा जानुहुँदैन,’ गौतमले भने, ‘पहिला जमिनदारी थियो, तर अहिले छैन। रगत पसिना बगाएर बनाएकाले चलन चल्तीको भाउमा सरकारले खरिद गरेर लिजमा दिनुपर्छ।’

उनले भूमि आयोग विघटन गर्ने र अर्को आयोग गठन गर्ने काम नगर्न सुझाव दिएका छन् ।

वि.सं.२०७८ साउन २४ आइतवार १५:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...