back
CTIZAN AD

गरिमा बनिन् मिस नेपाल नर्थ अमेरिका–२०२१ को बिजेता (तस्बिरसहित)

वि.सं.२०७८ साउन २४ आइतवार

669 

shares

विजय थापा,न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका–२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) को प्रतियोगिता गरिमा ज्ञवाली बिजेता बनेकी छिन् ।

न्यूयोर्ककी ज्ञवालीले १८ जना प्रतियोगीलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका–२०२१ को ताज लगाएकी हुन् ।

प्रथम बिजेतामा याङ्गछेन लामा तथा द्वितीय बिजेता सुभेच्छा निरौला बनेकी छन् भने मिस ट्यालेन्टमा रोशिका गजमेर, मिस कम्युनिटी आउटरिचमा एलिना राई, मिस पपुलरमा नग्मा गुरुङ्ग मिस स्माइलमा निमिका थापा, मिस वेस्ट ड्रेसमा सेलिषा नेपाल, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस डिसीप्लिनमा सुप्रिता फुयाल, मिस क्याटवाकमा दिना केसी, मिस पर्सोनालिटीमा गरिमा ज्ञवाली, मिस राईजिगं स्टारमा अलिशा गुरुङ्ग, मिस स्किनमा चाँदनी लामा, मिस बेस्ट हेयरमा मुना नेपाल, उत्कृष्ट शरीरमा उर्जा केसी र उत्कृष्ट हेरिटेजमा जेनी रावत लगायत बनेका छन् ।

अगस्त १ देखि अगस्त ६ सम्म प्रतियोगीहरुको तालिम चलेको थियो भने अगस्त ७ का शनिवारका अन्तिम दिन विजेता तथा अन्यको घोषणा गरिएको छ । १८ जना प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्य तथा क्यानडा समेतबाट सहभागिता भएका थिए ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को अन्तिम प्रतियोगिता न्यूयोर्कको वुडसाइडस्थित तिब्बती सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो ।

पहिलो चरणमा १८ जना प्रतियोगीहरु परिचयात्मक प्रस्तुति पश्चात दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० जना मध्ये अन्तिम चरणमा ५ जना पुगेका मध्ये मिस नेपाल नर्थ अमेरिका २०२१ का बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

प्रतियोगिताको लागि पूर्व नेपाल सुन्दरीहरु क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ, मनिता देवकोटा, मलिना जोशी तथा साहना वज्राचार्यले सहभागिता जनाएका थिए ।

सन् २०१८ की मिस नेपाल वल्र्ड शृखला खतिवडा अफिसियल मेन्टोर तथा मुख्य निर्णायक रहेकी थिईन् भने सदिक्षा श्रेष्ठ कोरियोग्राफर तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटा प्रशिक्षकको रुपमा भूमिका निर्वाह गरेकी थिईन् ।

कार्यक्रम प्रस्तोताको भूमिकामा साहना वज्राचार्य, चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी, सवु गदाल कार्की, मोनिका घले, मलिना जोशी,डा सुलोचना गुरुङ, आशिश प्रसाई, पूर्ण लामा, पशुपति श्रेष्ठ तथा अधिवक्ता बासु फूलारा रहेका थिए ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको थियो ।

११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति हुन् ।

वि.सं.२०७८ साउन २४ आइतवार १४:५३ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...