back
CTIZAN AD

भ्वाइस अफ नेपालको उपाधि हात पारेपछि किरणले भने–पुरस्कारको पैसाले एम्बुलेन्स सहयोग गर्छु

वि.सं.२०७८ साउन २४ आइतवार

684 

shares

‘द भ्वाइस अफ नेपाल सिजन ३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्कारको रकमले शरणार्थी शिविरका नागरिकको प्रयोगको लागि एम्बुलेन्स खरिदि गरिदिने बताएका छन् ।

उनले उक्त उपाधिका साथै प्राप्त पुरस्कार रकम नगद २५ लाख १ हजार आमालाई दिएर २४ लाख एम्बुलेन्स खरिदका लागि सहयोग गर्ने बताएका हुन् ।

शनिवार मध्यराति सबैभन्दा बढी भोट ल्याएर विजेता बनेका गजमेरले विगतमा आफुले पनि शरणार्थी जीवन बिताउनु परेको र उपचार नपाएकै कारण हजुरआमा गुमाउनु परेको स्मरण गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘ जितेको २५ लाख मध्ये १ हजार आमालाई दिन्छु । अरु पैसाले दुईवटा एम्बुलेन्स सहयोग गर्छु र बाँकी रहेको पैसाले कोरोना विरुद्धको खोप लगाउन बन्चित भएकालाई सहयोग गर्छु ।’ विजेताको उपाधि हात पारेपछि उनले भने ।

झापाको खुदुनाबारीस्थित भुटानी शरणार्थी शिविरमा जन्मिएका गजमेर हाल अमेरिकामा बस्दै आएका छन् ।

टिम प्रमोदबाट फाइनलमा ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को फाइनलमा पुगेका गजमेरले टिम राजुबाट फाइनलमा प्रवेश गरेकी बागलुङकी तारा श्रीष मगर र टिम दीपबाट दार्जिलिङका आर्यन तामाङ र टीम तृष्णाबाट फाइनलमा प्रवेश गरेका ज्वाला राईलाई पछि पार्दै जित हासिल गरेका हुन् । फाइनलिष्टमा प्रवेश गरेका तीनैजनालाई द भ्वाइसको ट्रफि प्रान गरिएको छ ।

वि.सं.२०७८ साउन २४ आइतवार १४:१८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...