back
CTIZAN AD

कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु, २ हजार ५४८ जनामा संक्रमण पुष्टि

वि.सं.२०७८ साउन २४ आइतवार

684 

shares

२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार ५५ जनाको ज्यान गएको हो । केही दिनयता निरन्तर घट्दै गएको मृत्युको संख्या आज भने बढेको छ ।

आज थपिएका ५५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५४८ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ९,०३३ पिसीआर र ३,३४५ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १२ हजार ३७८ नमुना परीक्षणमा २ हजार ५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शनिवारको तुलनामा आइतवार झण्डै ७ सयले घटेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २९ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३१ हजार ९६३ जना होम आइसोलेशनमा र ३ हजार ५२२ जना संस्थागत आइसोलेशनमा उपचारत रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ८०२ जना र भेन्टिलेटरमा १८१ जनाको उपचार भइरहेको छ । शनिवारको तुलनामा आइतवार आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढेको छ ।

त्यसैगरी आइतवार देशैभरी १ लाख ८४ हजार ३६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ३१ हजार ६२६ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ ।

आज देशैभरी थपिए कोरोनाका ३ हजार २१८ संक्रमित, १९ जनाको मृत्यु

 

वि.सं.२०७८ साउन २४ आइतवार १६:४३ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...