२४ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कास्कीका सातसहित आइतवार थप ८ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीमा ७ र गोरखाका १ गरी ८ जनाको मृत्यु भएको हो ।
आइतवार थपिएका ८ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार १३६ पुगेको छ ।
त्यस्तै प्रदेशमा आइतवार म्याग्दीमा ३, पर्बतमा ५२, गोरखामा २७, लमजुङमा २, तनहुँमा १७, कास्कीमा १६९, वाग्लुङमा १२२, स्याङजामा १०३ र नवलपरासीपूर्वमा १५ जना गरी ५१० जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २४५ जना महिला र ५१० जना पुरुष रहेका छन् ।
प्रदेशमा शनिवारको तुलनामा आइतवार संक्रमितको संख्या केही घटेको हो ।
निर्देशनालयद्धारा जारी विवरण अनुसार आइतवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्की लर वाग्लुङ रहेका छन् ।
आइतवार थपिएका ५१० जनासँगै प्रदेशमा हालसम्म ७२ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६५ हजार १६४ जना निको भइसकेका छन् । आइतवार ६२५ जना संक्रमणबाट मुक्त भएका हुन् ।
निर्देशनालयका अनुसार प्रदेशमा हाल ५ हजार ७५१ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ४१७ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशमा कोरोनाबाट थप ५७३ संक्रमित, ५ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए त ?
वि.सं.२०७८ साउन २४ आइतवार १७:२१ मा प्रकाशित






























