back
CTIZAN AD

गण्डकी प्रदेशमा कोरोनाबाट थप ५७३ संक्रमित, ५ जनाको मृत्यु, कुन जिल्लामा कति थपिए त ?

वि.सं.२०७८ साउन २३ शनिवार

591 

shares

२३ साउन, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा शनिवार ५ जनाको मृत्यु भएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कास्कीमा ३ तथा लमजुङ र नवलपरासीपूर्वका १÷१ जना गरी ५ जनाको मृत्यु भएको हो ।

शनिवार थपिएका ५ जनासँगै प्रदेशमा हालसम्म ज्यान गुमाउनेको संख्या ११२८ पुगेको छ ।

त्यस्तै प्रदेशमा शनिवार म्याग्दीमा २४, पर्बतमा २, गोरखामा १०९, लमजुङमा २७, तनहुँमा ९६, कास्कीमा १८३, वाग्लुङमा ५४, स्याङजामा १४ र नवलपरासीपूर्वमा ६४ जना गरी ५७३ जना नयाँ संक्रमित थपिएका छन् । ती मध्ये २८५ जना महिला र २८८ जना पुरुष रहेका छन् । प्रदेशमा शुक्रवारको तुलनामा शनिवार संक्रमितको संख्या केही घटेको हो ।

निर्देशनालयद्धारा जारी विवरण अनुसार शनिवार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी कास्कीमा १८३ जना नयाँ संक्रमित थपिएका हुन् ।

शनिवार थपिएका ५७३ जनासँगै प्रदेशमा हालसम्म ७१ हजार ५४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ती मध्ये ६४ हजार ५३९ जना निको भइसकेका छन् । शनिवार ५७३ जना संक्रमणबाट मुक्त भएका हुन् ।

निर्देशनालयका अनुसार प्रदेशमा हाल ५ हजार ८७४ सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५५१४ जना रहेका छन् भने अन्यको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।

No photo description available.

गण्डकी प्रदेशमा एकैदिन थपिए ७०१ कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २३ शनिवार १७:२७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...