back
CTIZAN AD

एमसिसि विरुद्धको अभियान देशैभरी तिव्र पारीदै, बनाइयो संयुक्त संघर्ष समिति

वि.सं.२०७८ साउन २३ शनिवार

732 

shares

२३ साउन, काठमाडौँ । अमेरीकी सहयोग नियोग एमसिसि आइपिएसको अंगको रुपमा प्रष्ट भएपछि नेपालमा जनस्तरमा समेत यसको बिरोध तिव्र हुँदैछ । एमसिसि खारेजीका लागि संयुक्त संघर्ष समिति, नेपाल (२०७८) निर्माण भएलगतै यसको तिव्रता बढने भएको हो ।

एमसीसी खारेज अभियान, नेपाल २०७६ को आयोजनामा एमसिसि खारेजीका लागि श्रावण २२ गते संयुक्त संघर्ष समिती निर्माणार्थ एक बृहद् भेलालगत्तै संयुक्त संघर्ष समिति बनाइएको छ ।

No description available.

एमसीसी खारेज अभियानका संयोजक नारायण शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार भेलामा विभिन्न राजनीतिक दल, सामाजिक–साहित्यिक संघसंस्था र नागरिक समाजलगायतका पाँचदर्जन बढी खारेज अभियान चलाइ रहेका विभिन्न संगठनहरुका संस्थागत प्रतिनिधि व्यक्तिहरुको र केही स्वतन्त्र व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । देशका विभिन्न जिल्ला र विदेसका विभिन्न शहरहरुबाट तत्काल प्रत्यक्ष उपस्थित हुन नसकेका तीन दर्जन जति संघसंस्था र तिनका प्रतिनिधिहरुले भेलामा सहभागी हुन नसके पनि संयुक्त संघर्ष समितिमा आवद्ध हुनचाहेको कुरा विभिन्न माध्यमबाट पठाएकाले उनीहरु समेतको उपस्थिती मान्ने गरी हाललाई करिब १०० जनाको एउटा राष्ट्रिय परिषद् बनाउने निर्णय भएको शर्माले जानकारी दिएका छन् । उक्त भेलाले ७ बुँदे निर्णय पारित गरेको पनि बताइएको छ ।

No description available.

उक्त संघर्ष समितिमा हाल १५ सदस्यीय सचिवालय रहेको र समितिमा नारायण शर्मा संयोजक तथा सदस्यहरुमा नेकपाका सहसंयोजक लोक नारायण सुवेदी, वरिष्ठ नागरिक अगुवा बुद्धिजीवी श्याम श्रेष्ठ, साध्यबहादुर भण्डारीलगायतका व्यक्तित्वहरु रहेका छन् । आवश्यकता अनुसार समितिमा अभियन्ताहरु थप गरिने तथा सचिवालय विस्तार गरिने बताइएको छ ।

No description available.

यसैगरी वरिष्ठ वामपन्थी व्यक्तित्व घनश्याम शर्मा पौड्याल, लोककृष्ण भट्टराई तथा विभिन्न राजनीतिक दलका नेता रहने गरी एक सल्लाहकार समिती निर्माण गर्ने निर्णय समेत जनाइएको छ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य लिलामणि पोखरेल प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले विचार राखेका थिए ।

No description available.

यस्तो छ, ७ बुँदासहितको प्रेस विज्ञप्ति :

यही श्रावण २२ गते एमसीसी खारेज अभियान, नेपाल २०७६ को आयोजनामा MCC खारेजीका लागि संयुक्त संघर्ष समिती निर्माणार्थ काठमाडौंको हात्तीसार स्थित नेपाल हाउसमा एक बृहद भेला भयो । भेलामा विभिन्न राजनीतिक दल, सामाजिक–साहित्यिक संघसंस्था र नागरिक समाजलगायतका पाँच दर्जन बढी MCC खारेज अभियान चलाइ रहनुभएका विभिन्न संगठनहरुका संस्थागत प्रतिनिधि व्यक्तिहरुको र केही स्वतन्त्र व्यक्तित्वहरुको प्रत्यक्ष उपस्तिथि रह्यो भने देसका विभिन्न जिल्ला र विदेसका विभिन्न शहरहरुबाट तत्काल प्रत्यक्ष उपस्थित हुन नसक्नु भएका तीन दर्जन जति संघसंस्था र तिनका प्रतिनिधिहरुले भेलामा सहभागी हुन नसके पनि संयुक्त संघर्ष समितिमा आवद्ध हुनचाहेको कुरा विभिन्न माध्यमबाट पठाउनु भएकोले उहाँहरु समेतको उपस्थिती मान्ने गरी हाललाई करिब १०० जनाजतिको एक वृहद् राष्ट्रिय भेला सुसम्पन्न भयो । MCC खारेज अभियानका संयोजक अभियन्ता नारायण शर्माको अध्यक्षता, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी)की अध्यक्ष अभियन्ता भावना विद्रोहीको संचालन र नागरिक आवाज नेपालका सदस्य अभियन्ता रवीन्द्र श्रेष्ठको स्वागत मन्तव्य तथा नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य अभियन्ता लीलामणी पोख्रेलको प्रशिक्षणात्मक र सुझावमूलक मन्तव्यलगायत विभिन्न सहभागी अभियन्ताहरुका संक्षिप्त मन्तव्यसहित सम्पन्न सो भेलाले केही ऐतिहासिक महत्वका निर्णयहरु गरेको छ, जो यसप्रकार छन् :

No description available.

१) भेलामा उपस्थित हुनु भएका र आजको भेलामा विविध कारणवश उपस्थित हुननसक्नु भएका तर संयुक्त संघर्ष समितिमा आवद्ध हुन इच्छुकहरुलाई समेत समावेश गरी एउटा राष्ट्रिय परिषद् बनाउने निर्णय गरियो ।

२) भेला आयोजक अभियानका संयोजक अभियन्ता नारायण शर्माले र जन समाजवादी पार्टीका उपमहासचिव अभियन्ता डम्बरबिक्रम कार्कीले भेलामा क्रमशः प्रस्तुत गर्नु भएका वैचारिक आधारपत्र र आचार संहितामाथि छलफल हुँदा प्राप्त उपयुक्त र रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्ने गरी पारित गरियो ।

३) समिति स्वयंले आवश्यकता र सम्भाव्यता अनुसार सदस्य संख्या थपघट गर्ने गरी हाललाई नारायण शर्माको संयोजकत्वमा नेकपाका सहसंयोजक अभियन्ता लोक नारायण सुवेदी, वरिष्ठ नागरिक अगुवा बुद्धिजीवी अभियन्ता श्याम श्रेष्ठ, नेपाली राष्ट्रवादी अभियन्ता साध्यबहादुर भण्डारीलगायतका व्यक्तित्वहरु रहनुभएको १५ सदस्यीय संयुक्त संघर्ष समितिको गठन गरियो ।

४) वरिष्ठ वामपन्थी व्यक्तित्व अभियन्ताहरु घनश्याम शर्मा पौड्याल, लोककृष्ण भट्टराई र कतिपय राजनीतिक दलका नेता अभियन्ताहरु रहने गरी एक सल्लाहकार समिती निर्माण गर्ने निर्णय गरियो ।

५) पारित आधारपत्र र आचारसंहिताको नीति र मान्यता अन्तर्गत रहेर संघर्ष समितिलाई अन्य आवश्यक नीतिगत, सांगठनिक र कार्यक्रमिक विषयमा निर्णय र कार्यान्वयन गर्ने–गराउने अधिकार दिने निर्णय गरियो ।

६. संयुक्त संघर्ष समितिको आगामी बैठक शिघ्रातिशीघ्र बसी अन्य आवस्यक काम– कार्वाहीहरु अगाडि बढाउने पनि निर्णय गरियो ।

७) अन्तमा, सरकारबाट ःऋऋ सम्झौता सदनमा प्रस्तुत र पारित गर्ने खतरा रहेको अवस्थामा सरकारमै रहेको पार्टीका नेता भएर पनि MCC सम्झौता राष्ट्रघाती भएकाले यसको खारेजीको लागि आफू प्रतिबद्ध भएको र यसप्रकारको खारेजीको आन्दोलनलाई हरतरहले सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभएका अभियन्ता लीलामणि पोख्रेललाई विशेष धन्यवाद दिंदै उपस्थित सबै अभियन्ता महानुभावहरु, छलफलमा सहभागी अभियन्ता महानुभावहरु, आयोजक अभियन्ताहरु र व्यवस्थापनमा खटिनु भएका अभियन्तालगायत हल उपलब्ध गराउनु हुने सबैप्रति आभार प्रकट गर्दै भेलाका अध्यक्ष नारायण शर्माबाट भेला सुसम्पन्न भएको घोषणा गरियो !
धन्यवाद ! अभिवादन!!
२०७८/०४/२३

वि.सं.२०७८ साउन २३ शनिवार १७:३७ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...