back
CTIZAN AD

आज देशैभरी थपिए कोरोनाका ३ हजार २१८ संक्रमित, १९ जनाको मृत्यु

वि.सं.२०७८ साउन २३ शनिवार

717 

shares

२३ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार पिसीआर र एन्टिजेन विधिबाट १३ हजार ५७३ नमुना परीक्षण गर्दा ३ हजार २१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शुक्रवारको तुलनामा संक्रमित हुनेको संख्या आज झण्डै ५ सयले घटेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । आज थपिएका १९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३२ हजार २७ जना होम आइसोलेशनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेशनमा उपचारत रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७४६ जना र भेन्टिलेटरमा १६९ जनाको उपचार भइरहेको छ । शुक्रवारको तुलनामा शनिवार आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढेको छ ।

त्यसैगरी शुक्रवार देशैभरी १ लाख ९१ हजार ३३९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख १९ हजार २४८ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ८० हजार ८०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ७२९ संक्रमित, २५ जनाको मृत्यु

वि.सं.२०७८ साउन २३ शनिवार १७:०५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...