back
CTIZAN AD

बागमती प्रदेशमा थप ११ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७८ साउन २५ सोमवार

642 

shares

२५ साउन, काठमाडौं । बागमती प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार काठमाडौंका ६२ र ६५ वर्षीय २ पुरुष, ललितपुरका ३४ र ५६ वर्षीय २ पुरुष, चितवनका ७३ वर्षीया महिला र ४४ वर्षीय पुरुष, काभ्रेपलान्चोकका ८३ र ५८ वर्षीय २ पुरुष, सिन्धुपाल्चोकका ५५ र ६३ वर्षीया २ महिला तथा रामेछापकी ५३ वर्षीया महिलासहित ११ जनाको मृत्यु भएको हो ।

आइतवार थपिएका ११ जनासहित प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ४ हजार १२० पुगेको छ ।

त्यसैगरी आइतवार प्रदेशमा १३७५ जना संक्रमित थपिएका छन् भने सोहि अवधिमा १३६६ जना संक्रमण मुक्त भएका छन् । प्रदेशमा संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेको संख्या पनि बढिरहेको छ ।

आइतवार थपिएका १३७५ जनासँगै प्रदेशमा संक्रमितको संख्या ३ लाख ८७ हजार ७८० पुगेको छ भने ३ लाख ६८ हजार ८०२ जना निको भइसकेका छन् ।

प्रदेशमा हाल आइसीयुमा ५२० जना रभेन्टिलेटरमा १०४ जनाको उपचार भइरहेको पनि मन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ ।

वि.सं.२०७८ साउन २५ सोमवार ०९:३७ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...