२५ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनको नयाँ भेरियन्ट आउन सक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।
डा. भट्टराईले कोरोना जस्तै प्रतिगमनको पहिलो भेरियन्टले संविधानको सशरीर हत्या गर्नै लागेको र दोस्रोले संविधानको आत्मा मार्नेगरी आउन सक्ने भन्दै ढुक्क भएर पार्टी वा गुटतिर नफर्कन पनि अनुरोध गरेका छन् ।
कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दैथियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अत:ढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं!
— Baburam Bhattarai (@brb1954) August 8, 2021
‘कोरोना झैं प्रतिगमनको पनि नायकका भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोश्रो चाहिं संविधानको आत्मा मार्नेगरी आउनसक्छ।अतःढुक्क भएर आआाफ्ना पार्टी वा गुटतिर नफर्कौं ! डा. भट्टराई आइतवार राति सामाजिक संजाल ट्विटरमा लेखेका छन् ।
वि.सं.२०७८ साउन २५ सोमवार ०९:४८ मा प्रकाशित






























