back
CTIZAN AD

राष्ट्रपति कार्यालयभित्र पार्टी विवाद मिलन केन्द्र खोल्न राष्ट्रपतिलाई लोहनीको सुझाव

वि.सं.२०७८ साउन २५ सोमवार

645 

shares

२५ साउन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिलाई राष्ट्रपति कार्यालयभित्र पार्टी विवाद मिलन केन्द्र खोल्न सुझाव दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेभित्रको विवाद मिलाउन सक्रिय भएको भन्ने खबरहरुलाई लिएर व्यङ्गात्मक रुपमा उनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रपति पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सक्रिय हुनु संविधान विपरित भएको भन्दै उनले प्रस्न गरेका छन् ‘सम्माननीय रास्ट्रपतिज्यु नेकपा (एमाले) विवाद मिलाउन सक्रिय हुनुहुन्छ भन्ने खबर नागरिक पत्रिका र नया पत्रिकामा पढियो। यस को अर्थ के अब संबैधानिक रास्ट्रपतिको काम -कर्तब्य दलहरु बिचको अन्तरिक झगडा मिलाउनु हो ?’

राष्ट्रपतिको अनावश्यक सक्रियतालाई प्रहार गर्दै उनले भनेका छन् ‘अब प्रजातन्त्र बलियो पार्न राष्ट्रपति भवन भित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोलेर त्यसको नेतृत्व राष्ट्रपतिज्यूले गरे संबिधान अनुकुल हुने हो कि ! ’

उनले सञ्जालमा लेखेका छन् :
” सम्माननीय रास्ट्रपति ज्यु नेकपा (एमाले) विवाद मिलाउन सक्रिय हुनुहुन्छ भन्ने खबर नागरिक पत्रिका र नया पत्रिका मा पढियो। यस को अर्थ के अब संबैधानिक रास्ट्रपतिको काम (कर्तब्य दलहरु बिचको अन्तरिक झगडा मिलाउनु हो ? यदि हो भने जसपा भित्र पनि झगडा छ ? अब त्यो मिलाउन पनि रास्ट्रपति सक्रिय हुनु पर्ने होइन र ? अझ नेपाली कांग्रेसको झगडाले त सत्ताधारी दल कै बैधानिकतामा संकट आउला जस्तो छ। त्यो रास्ट्रपति महोदय ले अब कैले मिलाइदिने ? अझ मेरो सम्माननीयज्युमा सुझाब छ : अब प्रजातन्त्र बलियो पार्न रास्ट्रपति भवन भित्र ‘पार्टी विवाद मिलन केन्द्र’ खोलेर त्यस को नेतृत्व रास्ट्रपतिज्युले गरे संबिधान अनुकुल हुने हो कि ?”

वि.सं.२०७८ साउन २५ सोमवार ०९:५९ मा प्रकाशित

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

कति तोकेको छ समितिले आजको बजारमा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

आजको मौसम विवरण, कहाँ कहाँ पर्छ त पानी ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

उपत्यकाबाट बाहिरीने बसमा ‘लगेज ट्याग’ प्रणाली लागू हुने

काठमाडौं । काठमाडौँ उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...