back
CTIZAN AD

डा.रवीन्द्र पाण्डे भन्छन्–यसरी नियन्त्रण गर्न सकिन्छ कोरोना महामारीको तेस्रो लहर

वि.सं.२०७८ साउन २५ सोमवार

597 

shares

स्वास्थ्य मन्त्रालयले असोज १५ देखि मङ्सिरसम्म तेस्रो लहर फैलिने तथा करिब २ लाख संक्रमित हुने जनाएको छ । मन्त्रालयको यस्तो आंकलन रहेपनि तेस्रो लहर रोक्नको लागि वा कम प्रभावी बनाउनको लागि सरकार र नागरिक सतर्क हुनु र आफ्नो कर्तब्य पूरा गर्नु अपरिहार्य रहेको जनस्वास्थ्यविज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

यस्तो छ तेस्रो लहर रोक्नका लागि डा. पाण्डेले दिएको २१ सुझाव
१ खोपको प्रमुख उद्धेश्य मृत्युदर कम गर्नु हो । यसको लागि सरकारले स्टकमा रहेका कोभिड भ्याक्सिन संक्रमणको मुहान ( सिमाबर्ती क्षेत्र तथा विमानस्थल) तथा संक्रमणको मैदान (घनाबस्ती भएका क्षेत्र) मा अभियानको रुपमा खोप कार्यक्रम संचालन गर्नुपर्दछ ।

२. सरकारले चीन, भारत, रुस, बेलायत, अमेरिका आदि खोप उत्पादक देशबाट सबै नागरिकलाई पुग्ने मात्रामा खोप आयात गर्नुपर्दछ ।

३. कोभ्याक्ससंगको समन्वयबाट बालबालिकाको लागि खोप ल्याउन ढिलो गर्नु हुँदैन ।

४. जनमानसमा खोपप्रति भएका संशय तथा भ्रमलाई चिर्नका लागि प्रभावकारी जनचेतनामुलक कार्यक्रम बनाउनु पर्दछ ।

५. सरकार निर्मित भीडभाड घटाउन मालपोत, कर कार्यालय, यातायात कार्यालय तथा अन्य कार्यालयमा अनलाइन प्रणाली, टाइम कार्ड, टोकन आदिको ब्यबस्था गर्नुपर्दछ ।

६. खोप केन्द्रको संख्या बढाएर तथा सुरक्षाकर्मीको उपस्थिति बढाएर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सुरक्षित तवरले खोप लगाउने ब्यबस्था गर्नुपर्दछ ।

७. अहिलेसम्म खोप लगाएका व्यक्तिलाई धेरै ठाउँबाट खोपको प्रमाणपत्र उपलब्ध गराउने तथा अब खोप लगाउने व्यक्तिलाई खोप केन्द्रबाट नै अंग्रेजीमा खोप कार्ड (छाप सहित) को ब्यबस्था गर्नुपर्दछ ।

८. अहिले बाहिर जाने वा औपचारिक कामको लागि पिसिआर टेस्ट भइरहेको छ । यस्तो परीक्षणबाट संक्रमण कहाँ बढी छ ? संक्रमणको अवस्था के छ ? थाहा हुँदैन । तसर्थ ८७ वटा पिसिआर ल्याबमा न्यूनतम शुल्कमा समुदायमा ब्यापक परीक्षण गर्ने, सिमाना तथा एयरपोर्टमा एन्टिजेन परीक्षण बढाउने, कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने तथा संक्रमितलाई आइसोलेसन गर्ने प्रणाली तीनै तहमा ब्यबस्थित गर्नुपर्दछ ।

९. सार्वजनिक यातायात, सपिंग मल, तरकारी बजार, फलफूल पसल, अस्पताल लगायत भीडभाड हुने ठाउँमा जनस्वास्थ्यको मापदण्ड पालना गराउने ब्यबस्था गर्नुपर्दछ ।

१०. गृहप्रशासनले भित्री बस्ती, गल्ली, चोक आदि ठाउँमा नियमित रुपमा अनुगमन, निगरानी तथा लापरबाही गर्नेलाई जरिवानाको ब्यबस्था गर्नुपर्दछ ।

११. चाडपर्व तथा अन्य सांस्कृतिक गतिबिधिमा सिमित व्यक्तिको उपस्थिति तथा जनस्वास्थ्यका मापदण्ड पालना हुने प्रत्याभूति गर्नुपर्दछ ।

१२. सिमानाकामा कडाई गर्नुपर्दछ ।

१३. जुलुस, प्रदर्शन आदिलाई बैकल्पिक माध्यमबाट ब्यवस्थित गर्नुपर्दछ ।

१४. आम नागरिकले सकभर घरमा बस्ने, घर बाहिर निस्किनुपरेमा जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुपर्दछ । म र मेरो परिवारलाई संक्रमित हुन दिनेछैन भनेर हामी सबैले प्रण गर्नुपर्दछ र तदनुसारका गतिबिधि गर्नुपर्दछ ।

१५. हरेक जिल्लामा, पालिकामा रहेका स्वास्थ्य संस्थालाई मास्क, पंजा, पिपीई, फेस शिल्ड, पर्याप्त औषधि, तालिमप्राप्त जनशक्तिको ब्यबस्था, एन्टिजेन किटको पर्याप्तता तथा अक्सिजन सिलिन्डर, कन्सनट्रेटर तथा सम्भावित ठाउँमा अक्सिजन प्लान्टको ब्यबस्था गर्नुपर्दछ ।

१६. हरेक अस्पतालमा अक्सिजन प्लान्ट अनिबार्य रुपमा जडान गर्नुपर्दछ । लिक्विड अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर तथा सिलिन्डरको पर्याप्त जोहो गर्नुपर्दछ ।

१७. सरकारले आयुर्बेद तथा वैकल्पिक चिकित्सा, स्वस्थ जीवनशैली तथा मनोपरामर्शको लागि यथोचित कार्ययोजना लागु गर्नुपर्दछ ।

१८. लकडाउनले आम जनसमुदायमा ठूलो असर गर्दछ । तसर्थ संक्रमित बढेको ठाउँमा मात्र शिल गर्ने तर लकडाउन नगर्ने पूर्वतयारी र पूर्वाभ्यास गर्नुपर्दछ ।

१९. श्रमिक तथा पीडित बर्गलाई वडा कार्यालयबाट न्यायोचित राहत तथा सहुलियतको ब्यबस्था गर्नुपर्दछ ।

२०. महामारीको नाममा हुने भ्रष्टाचार, कमिसनखोरी, ढिलासुस्ती, अभियन्ताको नाममा पैसा संकलन आदिलाई नियन्त्रण गरेर जनतामा राज्यको दरिलो उपस्थिति देखाउनु पर्दछ ।

२१. उपचारलाई आम जनताको पहुँचमा पुर्याउने, निजि अस्पताललाई सेवामुखी बनाउने तथा जनताको ढाड सक्ने परम्परालाई अहिलेदेखि नै प्रणालीमा स्थापित गर्नुपर्दछ ।
.
महामारीको तेस्रो लहर कहिले आउँछ ? कस्तो हुन्छ ? कति नागरिक संक्रमित हुन्छन् ? आदि कुरा सरकार र जनताको गतिविधिमा भर पर्दछ । यदि सरकार र जनता पुरै सतर्क भएर आआफ्ना दायित्व पालना गर्ने हो भने तेस्रो लहरबाट हामी बच्न सक्छौं ।

.यो कुरा पक्का हो, तेस्रो लहर दोस्रो लहरजस्तो घातक हुने छैन । लाखौं नागरिकले खोप लगाएको÷ लगाइरहेको, दोस्रो लहरको संक्रमणले लाखौं व्यक्तिमा प्राकृतिक एण्टिवोडी बनेको, दोस्रो लहरको बेला भएको स्वास्थ्य प्रणालीको मजबुती, चिकित्सक तथा स्वास्थ्यकर्मीको अनुभव तथा भारत तथा अन्य देशमा भइरहेको ब्यापक खोप अभियान तथा जनचेतनाको कारण पेनिक हुनु जरुरी छैन ।

वि.सं.२०७८ साउन २५ सोमवार १७:०२ मा प्रकाशित

ऋण खोजेर सुरु गरेको  तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

ऋण खोजेर सुरु गरेको तरकारी खेतीले सोवितलाई दिलाएको सफलता

सन्तोष गौतम, म्याग्दी । तीस वर्षअघि साथमा रु एक सय...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

काठमाडौँ । सर्वोच्च अदालतको आकस्मिक रूपमा आज बसेको पूर्ण बैठक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...