back
CTIZAN AD

प्रचण्डलाई ओलीको जवाफ : एक/दुई बाल्टी पानीले निभाएको हेक्का होस् !

वि.सं.२०७८ साउन २६ मंगलवार

699 

shares

साउन २६, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदबाटै जवाफ फर्काएका छन् । उनले धम्की दिने काम बन्द गर्न चेतावनी दिए ।

प्रचण्डले ‘आफुँ आगो हुँ, खेलाउने काम नहोस्’ भनि भनेको अभिव्यक्तिमाथि उनले ‘आफुँलाई आगो निभाउन राम्रोसँग आउने’ जवाफ दिए । उनले विगतमा एक/दुई बाल्टी पानीमै निभेको पनि हेक्का राख्न सुझाए ।

‘सत्ता परिवर्तन हुने वित्तिकै सत्ता पक्षका नेताहरुले भन्नुभयो— होशियार म आगो हुँ, मसँग नखेल नत्र ! उहाँले विगतमा देशमा लगाएको डढेलो म सम्झन्छु’, ओलीले संसदमा भनेका छन्, ‘उहाँ आगो हो थाहा छ, डढेलो लगाउनुहुन्छ तर, एक दुई बाल्टी पानीले निभाएको पनि सम्झना रहोस्, यस्तो डढेलो निभाउन हामीलाई पनि आउँछ, पानी खन्याउनु पर्छ ।’

उनले सरकार बन्दैमा प्रतिपक्षिलाई धम्क्याउने कोशिस नगर्न चेतावनी दिए ।

वि.सं.२०७८ साउन २६ मंगलवार १४:५८ मा प्रकाशित

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...