back
CTIZAN AD

नेप्सेमा उछाल, ११ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ साउन २६ मंगलवार

651 

shares

२६ साउन, काठमाडौँ । सेयर बजार (नेप्से) मा साताको तेस्रो दिन मंगलबार उछाल आएको छ । आज बजार परिसूचक ५१ दशमलव ८१ अकंले बढेर समग्र परिसूचक ३१६१ दशमलव ४४ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १२ अकंले बढेर ५८७ दशमलब ९५ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२५ कम्पनीका १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैंया बराबरको ३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ६३ हजार ९ सय ६९ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा अपर तामाकोशी, अरुण भ्याली हाइड्रोपावर्, अपी पावर, ज्योति विकास बैंक, करुण काबेली हाइड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२, अपर तामाकोशी, अरुण भ्याली हाइड्रोपावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज ११ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज वेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी फाइनान्स, आई.सि.एफ.सि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, माहालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, सिंधु विकास बैंक, जिवन विकास लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । उनीहरुले सबैले १० प्रतिशतले कमाएका छन ।

आज सबै भन्दा धेरै गुमाउनेमा सान्जेन हाईड्रोपावर, सिनर्जी पावर डेभल्पमेन्ट, खानीखोला हाईड्रोपावर, पञ्चकन्या माई हाईड्रोपावर, घलेम्दी हाईड्रो लिमिटेड लगायतका कम्पनीका लगानीकर्ताहरुले परेका छन ।

आज भएको कारोबारमा १३७ कम्पनी लागनीकर्ताले कमाउदाँ ४६ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने २ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ साउन २६ मंगलवार १५:३३ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...