back
CTIZAN AD

मानुषी लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने त ?

वि.सं.२०७८ साउन २७ बुधवार

621 

shares

२७ साउन, काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले आज (साउन २७ गते) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

मानुषी लघुवित्तले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर यनिष्काशनमा ल्याएको हो । त्यसमध्ये ०.५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आज (साउन २७ गते) देखि साउन ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ ।

आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

कम्पनीको उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

वि.सं.२०७८ साउन २७ बुधवार १०:४४ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...