back
CTIZAN AD

चार प्रतिशत बालबालिका विद्यालय बाहिर

वि.सं.२०७३ फागुन १० मंगलवार

651 

shares

 १० फागुन,जुम्ला । यहाँका चार प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय जुम्लाले ‘भर्ना अभियान र यसको औचित्य’ कार्यपत्र सार्वजनिकीकरण कार्यक्रममा सोमबार यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यपत्र प्रस्तुत गर्दै शाखा अधिकृत महेश देवकोटाले प्राथमिक तहमा तीनदेखि चार प्रतिशत बालबालिका अहिले पनि विद्यालय पहुँच बाहिर रहेको जानकारी दिनुभयो । सरदर आठ प्रतिशत बालबालिकाले बीचैमा विद्यालय छोड्ने गरेको शाखा अधिकृत देवकोटाले बताउनुभयो ।

“विद्यालय–शिक्षक अनुपात प्रावि तहमा सामान्यतः सन्तोष देखिए पनि निमावि र मावि तहमा न्यून देखिन्छ र सिकाइ उपलब्धि पनि प्राथमिक तहमा ५० को हाराहारीमा मात्र छ,” उहाँले भन्नुभयो ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले अपाङ्ग, विपन्न, गरिब, सीमान्तकृत र जोखिममा रहेका बालबालिका विद्यालयको पहुँच बाहिर रहेको बताउनुभयो ।

जिशिअ फडेराले भन्नुभयो, “यो वर्ष विद्यालय जाने उमेरका सबै बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर नरहुन् भन्ने उद्देश्यले ‘सुरक्षित र समावेशी शैक्षिक संस्था हाम्रो नारा, भर्ना अभियानमा जुटाँै सारा’ भन्ने मूलमन्त्रलाई अँगालेर भर्ना अभियान सफल पार्न एसएमएससहित सबै क्रियाकलाप गरेका छौँ ।” अशिक्षा, गरिबी, भौगोलिक विकटता, मौसमी बसाइँसराइ र सरोकारवाला सबैको उदासिनताका कारण बालबालिका भर्ना हुन नसकेको उहाँको भनाइ छ ।

यो समस्या समाधानका लागि आगामी वर्षदेखि जिशिका जुम्लाले अभिभावक शिक्षा कार्यक्रम, अतिविपन्न एवम् सीमान्तकृत बालबालिकाका अभिभावकलाई शिक्षा र आयआर्जनका क्रियाकलाप सँगसँगै अघि बढाउने तथा भर्ना अभियानका लागि स्थानीय निकायलाई जिम्मेवार बनाउने रणनीतिक क्रियाकलाप प्रभावकारी बनाउनुपर्ने औँल्याएको छ ।

भर्ना अभियानको उद्देश्य बालबालिका विद्यालयमा झिकाउन मात्र नभई “विद्यालयमा पूरै टिकाउन, राम्रोसँग सिकाउन र प्राप्त ज्ञानले विश्व बजारमा बिकाउन” समेतमा व्यापक बनाउन जरुरी रहेको जिशिकाले जनाएको छ ।

हाल जुम्लामा ९२ प्रावि, ३१ निमावि, ३३ मावि, १५ उच्च मावि, १९६ बालविकास केन्द्र, २३ सामुदायिक अध्ययन केन्द्र, चार विशेष शिक्षा स्रोत कक्षा, एक स्नातक, एक स्नातकोत्तर, एक प्राविधिक शिक्षालय र २३ वटा संस्थागत विद्यालय रहेका छन् ।

शैक्षिक सत्र २०७३÷०७४ मा यहाँका सामुदायिक विद्यालयमा पूर्व प्राथमिकदेखि उच्च माविसम्म जम्मा ३९ हजार अध्ययनरत विद्यार्थीमा १९ हजार ८४३ छात्राको सङ्ख्या रहेको जनाइएको छ ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०७:०६ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...