back
CTIZAN AD

भौगर्भिक समाजको अध्यक्षमा डा गजुरेल निर्वाचित

वि.सं.२०७८ साउन ३० शनिवार

660 

shares

३० साउन, काठमाडौँ । नेपाल भौगर्भिक समाजको अध्यक्षमा डा अनन्तप्रसाद गजुरेल निर्वाचित भएका छन् । समाजको २० औँ कार्यकारिणी समितिको शुक्रबार सम्पन्न मतगणनाअनुसार डा गजुरेल ३७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा सुधीर रजौरेले २७२ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा मनिका झा (३९५ मत) महासचिव डा लोकविजय अधिकारी (३९६ मत) ल्याई विजयी भएको निर्वाचन उपसमिति संयोजक शिवकुमार बाँस्कोटाले राससलाई जानकारी दिए । यसैगरी, उपमहासचिमा सविना खत्री, कोषाध्यक्षमा आशिष केसी र तीन सदस्यमा इन्द्र लम्साल, अर्जुन भण्डारी र सौरभ खनाल भएका छन्।

निर्वाचन हुने आठ पदमध्ये उपमहाचिव र सदस्यबाहेक अन्य सबै पदमा विद्युतीय माध्यमबाट मतदान भएको थियो । कूल ११ सदस्य हुने समाजमा तीन सदस्य अध्यक्षले पछि मनोनीत गर्नेछन् । आठ सयभन्दा बढी मतदाता रहेको समाजको निर्वाचनमा ६४३ मत खसेको थियो ।उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष डा गजुरेलले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । भूगर्भविद्ले विशेषतः बाढी, पहिरो र भूकम्पको क्षेत्रमा काम गर्दै आएका छन् ।

वि.सं.२०७८ साउन ३० शनिवार १७:५५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...