Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

बझाङ्मा बङ्गलादेशी उसिना चामल



१० फागुन,धनगढी। बङ्गलादेश सरकारले उपलब्ध गराएको उसिना चामल सेती अञ्चलका बझाङ् र बाजुरामा ‘कामका लागि खाद्यान्न कार्यक्रम’ मा उपयोग गरिने भएको छ ।

बझाङ्मा २६ हजार क्विन्टल र बाजुरामा २० हजार क्विन्टल उसिना चामल पठाउन लागेको नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयका निमित्त प्रमुख गङ्गादत्त पन्तले जानकारी दिनुभयो । कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सडक निर्माणलगायत विकास सम्बन्धी योजनामा सो चामल प्रयोग गरिने छ ।

यस अघि उक्त चामल भूकम्प प्रभावित क्षेत्र तथा खाद्यान्न अभाव हुने दार्चुला, बझाङ्, बाजुरा, अछामलगायत जिल्लामा ढुवानी अनुदानमा बिक्री वितरण हुने गरेको थियो । खाद्यान्न अभाव हुने जिल्लामा उसिना चामलको माग नहुँदा गोदाममा मौज्दात रहेको चामल समयमै खपत गर्न आपूर्ति मन्त्रालयले कामका लागि खाद्यान्न कार्यक्रममा उपयोग गर्न लागेको पन्तले बताउनुभयो ।

भूकम्प प्रभावित क्षेत्रका नागरिकको सहयोगका लागि बङ्गलादेश सरकारले भूकम्प गएलगत्तै सो चामल नेपाललाई उपलब्ध गराएको थियो । बङ्गलादेशी उसिना चामल झापाको विर्तामोडस्थित खाद्य संस्थानको कार्यालयमार्फत् सुदूरपश्चिममा ढुवानी गर्ने गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।