back
CTIZAN AD

पाकिस्तानको कराँचीमा ग्रिनेड आक्रमणः १३ को मृत्यु, कयौँ घाइते

वि.सं.२०७८ साउन ३१ आइतवार

606 

shares

३१ साउन, कराँची । पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ ।

आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।

“यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौं । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ यसबारे थप अनुसन्धान भइरहेको छ,” स्थानीय एक प्रहरी अधिकारीले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भने, “यो आतंकवादी हमला पनि हुन सक्छ । हामीसित यसबारे अझै कुनै ठोस प्रमाण नभेटिएको र अनुसन्धान जारी रहेकोले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।”

आतंकवाद विरोधी विभाग (सीटीडी)का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रेनेड आक्रमण भएको देखिएको बताए । गाडीको कुनै भागमा ठोकिनु अघि नै ग्रिनेड विस्फोट भएकोजस्तो देखिएको उनले बताए ।

आक्रमणकारीहरु मोटरसाइकलमा आइ आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।

अतिरिक्त प्रहरी डा। कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरिर ल्याइएको पुष्टि गरे । उनका अनुसार पीडितहरूमध्ये छ जना महिला र चार जना केटाकेटी थिए ।

घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरुलाई नजिकैको अस्पतालमा पुर्याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरे।

वि.सं.२०७८ साउन ३१ आइतवार १६:२५ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...