Logo
१५ आश्विन २०८०, सोमबार
     Mon Oct 2 2023
E-paper
  English Edition
   Unicode
Logo

ट्राउट माछा: मागभन्दा उत्पादन कम



१० फागुन,पोखरा। कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको न्यौपाने बताउनुहुन्छ ।

सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताउनुभयो । उहाँले करिब रु दुई करोडको ट्राउट माछा बिक्री गर्दैआउनुभएको छ । “हालसम्म रु चार करोड लगानी भइसकेको छ,” उहाँले भन्नुभयो ।

अघिल्ला वर्षमा सिन्धुपाल्चोक र नुवाकोटबाट भुरा ल्याउने गरेकामा यस वर्षदेखि प्रालिले भुरा उत्पादन सुरु गरेको छ । यस वर्ष साढे चार लाख भुरा उत्पादन गरेको र करिब एक लाख भुरा बिक्री गरेको गौचनले बताउनुभयो । कास्कीकै गण्डकी ट्राउट फार्म, माछापुच्छ«े कृषि केन्द्र, मर्दीखोलाका दुई ट्राउट माछा फार्मले ट्राउट माछा उत्पादन गर्दै आएका छन् ।


-->

वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज

खेमराज गौतम, ढोरपाटन (बागलुङ) । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको

काठमाडौँ । वरिष्ठ पत्रकार याम शर्मा पौडेलको निधन भएको छ । ७० बर्षको उमेरमा