back
CTIZAN AD

ट्राउट माछा: मागभन्दा उत्पादन कम

वि.सं.२०७३ फागुन १० मंगलवार

903 

shares

१० फागुन,पोखरा। कास्कीमा ट्राउट माछाको माग अत्यधिक बढेको छ । जिल्लामा पाँचवटा व्यावसायिक फार्मले वार्षिक ६० मेट्रिक टन उत्पादन गर्दै आएका छन् । उत्पादन भन्दा माग दोब्बर भएको जिल्ला कृषि विकास कार्यालयका मत्स्य विकास अधिकृत डा प्रभात न्यौपानेले जानकारी दिनुभयो ।

यहाँ उत्पादन भएको ट्राउट माछा १५ टनदेखि २० टन काठमाडौँ पठाइन्छ भने बाँकी स्थानीय बजारमै खपत हुन्छ । सुकुटी बनाएर अमेरिका, जापान, अस्ट्रेलियालगायत मुलुकमा समेत पठाउने गरिएको न्यौपाने बताउनुहुन्छ ।

सार्दीखोला गाविसमा सञ्चालित क्षेत्रदीप अन्नपूर्ण ट्राउट माछा अनुसन्धान तथा विकास प्रालिले वार्षिक २६ टनदेखि ३० टनसम्म उत्पादन गर्दै आएको प्रालिका अध्यक्ष इन्द्र गौचनले बताउनुभयो । उहाँले करिब रु दुई करोडको ट्राउट माछा बिक्री गर्दैआउनुभएको छ । “हालसम्म रु चार करोड लगानी भइसकेको छ,” उहाँले भन्नुभयो ।

अघिल्ला वर्षमा सिन्धुपाल्चोक र नुवाकोटबाट भुरा ल्याउने गरेकामा यस वर्षदेखि प्रालिले भुरा उत्पादन सुरु गरेको छ । यस वर्ष साढे चार लाख भुरा उत्पादन गरेको र करिब एक लाख भुरा बिक्री गरेको गौचनले बताउनुभयो । कास्कीकै गण्डकी ट्राउट फार्म, माछापुच्छ«े कृषि केन्द्र, मर्दीखोलाका दुई ट्राउट माछा फार्मले ट्राउट माछा उत्पादन गर्दै आएका छन् ।

वि.सं.२०७३ फागुन १० मंगलवार १०:३९ मा प्रकाशित

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...