३२ साउन, काठमाडौं । अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गरिने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सीघ्र उद्धार गर्ने निर्णय गर्दै त्यसका लागि समन्वय गरेर काम अगाडि बढाउन सम्बन्धीत निकायलाई निर्देशन दिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।
बिद्रोही समुह तालिबानले अफगानिस्तानमा कब्जा जनाएपछि विभिन्न देशले आफ्ना नागरिक फिर्ता लाने क्रम चलिरहेको छ । बिद्रोही समुहले पनि आफ्नो देश फर्कन चाहानेहरुलाई समय दिएकोले त्यहाँ रहेका नेपालीको तत्काल उद्धार गर्नुपर्ने आवाज उठिरहेका छन् ।
यसैबीच प्रधानमन्त्री शेर बहादुर देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन निर्देशन गरिेहेको बताएका छन् ।
‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’ प्रधानमन्त्री देउवाले फेसबुकमा भनेका छन् ।फाइल फोटो: रासस
वि.सं.२०७८ साउन ३२ सोमवार १३:०१ मा प्रकाशित






























