back
CTIZAN AD

सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै

वि.सं.२०७८ भदौ २ बुधवार

597 

shares

२ भदौ, सिमकोट । सीमास्तम्भको अनुगमनलाई तीव्रता दिइएको छ ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमास्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हो । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बिओपीले चीनको सिमानामा रहेको ४ नम्बर सिमास्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केसीले बताए ।

खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहकाले उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । सीमा सुरक्षाचौकी हिल्सा ( बिओपी ) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

उक्त सीमास्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ । यसअघि पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भञ्ज्याङस्थित ३ नम्बर सीमास्तम्भमा पुगेर अनुगमन गरेको थियो ।

वि.सं.२०७८ भदौ २ बुधवार १४:१७ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...