back
CTIZAN AD

अन्तराष्ट्रिय पर्बत समाजले एनआरएनएमा निर्वाचित पदाधिकारीलाई बधाई दिने

वि.सं.२०७८ भदौ २ बुधवार

756 

shares

२ भदौ, काठमाडौं । अन्तराष्ट्रिय पर्वत समाजले गैरआवासीय नेपाली संघका विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गर्ने भएको छ ।

समाजले गैरआवासीय नेपाली संघको अभियानमा प्रवासी पर्वेतेलीरुप्रति ऐक्यबद्धता जनाउँदै जुम मार्फत एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना दिने बताएको हो ।

पर्बतमा जन्मिएर गैरआवाशीय नेपाली संघमा आबद्ध हुदै एनआरएनए अभियानमा लागेर हालै सम्पन्न निर्वाचनबाट विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई भदौ ४ गते शुक्रवार सम्मान तथा बधाई दिने कार्यक्रम आयोजना गरेको समाजले जनाएको छ ।

समाजका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आथित्यता एब गैरआवासीय नेपाली संघका अभियन्ताहरुको बिसेष उपस्थितिमा जुममार्फत् कार्यक्रमको आयोजना गरिने भएकाले पर्वते दाजुभाइ दिदीबहिनीहरुलाई शुक्रवार बेलुका नेपाली समय ५ बजे उपस्थिति हुनका लागि अनुरोध गरिएको हो ।

समाजले कार्यक्रमका लागि अन्तराष्ट्रिय पर्बत समाज अस्ट्रेलिया, फ्रान्स, दक्षिण स्पेन, बेल्जियम, नेदरल्याण्ड, रसिया, जापान, नर्बे, मलेशिया, बहराइन, कतार, कुवेत, बेलायत, डेनमार्कसँग समन्वय भइसकेको र बाँकी देशहरुकासँग समन्वय कार्य जारी रहेको कार्यक्रम संयोजक परशुराम पौडेलले बताएका छन् ।

विश्वभरीका एनआरएनए संघमा आवद्द रहेर हालै सम्पन्न निर्वाचिनमा निर्वाचित भएका पर्वतबासी दाजुभाइ दिदीबहिनीहरुले कार्यक्रममा सहभागी हुनका लागि महासचिव गुणराज शर्मा र प्रवक्ता मणि प्रसाद भुर्तेलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

 

वि.सं.२०७८ भदौ २ बुधवार १४:४० मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...