back
CTIZAN AD

अध्यादेश जारी भएसँगै माधव पक्ष आन्तरिक छलफलमा, आयोग जाने तयारी हुँदै

वि.सं.२०७८ भदौ २ बुधवार

606 

shares

भदौ २, काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको समूहले नयाँ दल दर्ता गर्ने भएको छ । जसका लागि माधव समूह छलफलमा जुटेको छ ।

अध्यादेश आएसँगै दल दर्ता गर्ने तयारी गरेको समूह राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेलगत्तै आयोग जान छलफलमा जुटेको हो । अहिले बानेश्वरस्थित अर्याल होटेलमा माधव पक्षका केन्द्रीय सदस्य र सांसदहरु भेला भएका छन् ।

नेता मेटमणि चौधरीले बताएअनुसार छलफललगत्तै माधव समूह आयोगमा जानेछ । उनका अनुसार पार्टीको नाम, चुनाव चिन्ह र विधानलगायतका कुराहरु तयार भईसकेका छन् ।

माधव पक्षले पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने निर्णय गरेको छ ।

जारी अध्यादेशमा पार्टीको केन्द्रीय सदस्य वा सांसद २० प्रतिशत भए पुग्ने व्यवस्था छ । अध्यादेशसँगै माधव पक्षलाई नयाँ दल दर्ताका लागि केन्द्रीय सदस्य वा सांसदको संख्या पुग्ने देखिन्छ ।

चौधरीले जनाएअनुसार नयाँ दल दर्ताको लागि ५७ जना केन्द्रीय सदस्य र २५ जना सांसदले हस्ताक्षर गरेका छन् । सो संख्या दल दर्ताको लागि पर्याप्त संख्या हो ।

वि.सं.२०७८ भदौ २ बुधवार १४:११ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

कारको टायरमा गोली हानेर २० हजार ट्रामाडोलसहित तीन पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ललितपुरमा कारको टायरमा गोली...

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

रास्वपा लुम्बिनीको सभापतिमा घिमिरे निर्वाचित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति...

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

परराष्ट्रमन्त्री खनाल चार दिवसीय भ्रमणमा चीन प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...