back
CTIZAN AD

सामुदायिक विद्यालयका आठ सयभन्दा बढी विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण

वि.सं.२०७८ भदौ २ बुधवार

645 

shares

२ भदौ, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ सामुदायिक विद्यालयका कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको छ ।

गुडनेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा उक्त वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत बालविकासका विकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने कम्तीमा पनि आठ सय ५१ विद्यार्थीलाई स्वअध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।

कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र विद्यार्थीले नयाँ पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रुपमा कक्षा सञ्चालन नभएकाले उनीहरुको सिकाइ निरन्तरका लागि उक्त सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडूले बताए ।

उनले भने, “कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीहरुले पनि पढ्न नपाएका कारण हामीले पढाइमा सहज होस् भनेर स्वअध्ययन सामग्री वितरण गरेका छौँ, जसले गर्दा बालबालिकालाई पढाइमा सहज हुनेछ ।”

संस्थाले वितरण गरेका स्वअध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेनसिल, सार्पनरलगायत शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ । विद्यालय बन्द भएको समयमा अभिभावकको सहयोगमा विद्यार्थीले घरमा नै अध्ययन गर्न मिल्ने भएकाले ती स्वअध्ययन सामग्री विद्यार्थीका लागि निकै उपयोगी सामग्री रहेको वडा नं ७ का वडाध्यक्ष प्रकाश साउदले बताए ।

वि.सं.२०७८ भदौ २ बुधवार १३:४६ मा प्रकाशित

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...