back
CTIZAN AD

मुगु लायन्स क्लवद्धारा मास्क बैंक अभियान संचालन

वि.सं.२०७८ भदौ २ बुधवार

654 

shares

 २ भदौ, मुगु । मुगुमा मंगलबारदेखि मास्क बैंक अभियान संचालन गरिएको छ । लायन्स क्लव अफ मुगु राराको अगुवाईमा जिल्ला सदरमुकाम गमगढीमा कोरोना संक्रमणलाई लक्षित गदै मास्क बैक संचालन गरिएको हो ।

‘हुनेले दिउँ नहुनेले लिउँ’ भन्ने नाराका साथ स्थापना गरिएको मास्क बैक संचालनका लागी छायाँनाथ रारा नगरपालिका, जिल्ला स्वास्थ्य सेवा कार्यालय, छायाँनाथ सहकारी, मुगु उद्योग बाणिज्य संघ, एनआईसि एसिया बैक, डिप्रोस लघुवित्त, महाकाली नमुना माद्यमिक विद्यालय, सिदार्थ नेशनल बोडिङ्ग स्कुल, नेपाल पत्रकार महासंघ मुगु शाखा, हिरिसडेक मुगु, हामो्र सानो प्रयास काठमाडौंले मास्क सहयोग गरेको लायन्स क्लव अफ रारा मुगुका चार्टर प्रेसिडेन्ट विनोद कुमार मल्लले बताए ।

गाँउघर, बजार तथा बाटोघाटोमा विना मास्कका मानिसहरुको चहलपहल बढेपछि कोरोना संक्रमणले भहावह अवस्था लिने स्थिती देखिएकाले पैसाको अभावमा मास्क प्रयोग गर्न नसकेका जनतालाई निशुल्क मास्क दिन र दुई पैसा भएकाहरुले मास्क दान गरोस भन्ने उदेश्यले बैक संचालन गरेको लायन्स क्लवले बताएको छ ।

May be an image of 5 people, people standing and road

हामीले पहिलो चरणमा बजार क्षेत्रमा आउने सर्वसाधारणलाई लक्षित गदै बैक संचालन गरेको र सहयोगीदाताहरुको सहयोगको आधारमा जिल्लाका अन्य बजार क्षेत्रमा पनि बैक स्थापना गरिने छ चार्टर प्रेसिडेन्ट मल्लले बताए ।

मास्क बैकको उद्रघाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाहीले सरकारको एक्लो प्रयासले मात्र कारोना संक्रमण नियन्त्रण गर्न नसकिने भएकाले निजी तथा समाजिक क्षेत्रको पनि सहयोग र संलग्नता राज्यलाई चाहिएको बताए ।

उनले भने- मुगु जिल्लाका जनता गरिव छन् ।  यति सम्म की सामान्य १० रुपयाँ पर्ने मास्क किन्न सक्ने अवस्था छैन यसैलार्ई मध्यनजर गदै सर्वसाधारण जनतालाई निःशुल्क मास्क वितरण गर्ने उद्धेश्यका साथ लायन्स क्लवको अगुवाईमा विभिन्न सरकारी तथा सामाजिक संघ सस्थाहरुको सहयोगमा मास्क बैक स्थापना हुनु प्रशनिय कार्य हो ।’

 

वि.सं.२०७८ भदौ २ बुधवार १३:४५ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...