भदौ १, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका सांसदहरुले आफुँहरुमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अवैधानिक रुपमा कारबाही गरेको भन्दै संसद सचिवालयमा निवेदन दिएका छन् । माधव पक्षका १४ सांसदले बुधबार निवेदन दिएका हुन् ।
अर्याल होटेल बसेको बैठक पछि माधव पक्षका सांसद विरोध खतिवडा र जीवनराम श्रेष्ठ निवेदन लिएर संसद सचिवालय पुगेका थिए ।
संसद् सचिवालयलाई बुझाउन तयार गरेको पत्रमा आफूहरूमाथिको कारबाही गैरकानुनी र पार्टीको विधान विपरीत रहेको जिकिर उनीहरुले गरेका छन् ।
वि.सं.२०७८ भदौ २ बुधवार १५:०१ मा प्रकाशित






























