back
CTIZAN AD

१६ अकंले बढ्यो नेप्से, कारोबार रकम २१ अर्ब माथि

वि.सं.२०७८ भदौ २ बुधवार

615 

shares

२ भदौँ, काठमाडौँ । साताको चौँथो दिन शेयर बजार नेप्से ३७ दशमलब ८७ अकंले बढेर ३१९८ दशमलब १९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ४ दशमलब ८६ अकंले बढेर ५९८ दशमलब १५ अकंमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२८ कम्पनीका २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैंया बराबरको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ८८ हजार ४ सय ५४ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेशनल हाईड्रोपावर, अपी पावर, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योती विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, सिटिजन म्यूचल फण्ड १, एनएमबी-५०, अपी पावर, ज्योती विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

आज सबै भन्दा धेरै कमाउनेमा अरुण भ्याली हाईड्रोपावर, अरुण काबेली पावर, सिभल सिमेन्ट, जिवन विकास लघुवित्त, आँखुखोला हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन । त्यसैगरी सबै भन्दा धेरै गुमाउनेमा भने एसबिएल डेभेन्चर २०८२, एनआईबिएल प्रगती फण्ड, एनआईशी एशिया डिभेन्चर ८२/८३, आरएसडिसी लघुवित्त, खानीखोला हाईड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताहरु परेका छन ।

आज भएको कारोबारमा ११८ कम्पनी लागनीकर्ताले कमाउदाँ ६२ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ४ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।

वि.सं.२०७८ भदौ २ बुधवार १५:३२ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...