back
CTIZAN AD

धुर्मुस–सुन्तली सद्भावना दूत

वि.सं.२०७३ फागुन ११ बुधवार

954 

shares

dhrumus-suntali काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई एकीकृत वस्ती विकासको काममा जागरण एवम् प्रोत्साहित गर्ने लक्ष्यसहित सद्भावना दूत बनाउने भएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको अध्यक्षतामा मंगलबार बसेको कार्यकारी समितिको बैठकले एकीकृत बस्ती निर्माण एवम् विकाससम्बन्धी कार्यका लागि कलाकारद्वयलाई सद्भावनादूत बनाउने निर्णय गरेको हो । भूकम्पपछिको पुनःनिर्माणमा कलाकारद्वयले गरेको प्रयास सराहनीय र अनुकरणीय रहेको भन्दै प्राधिकरणले सो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ गिरानचौरमा कलाकारद्वयले भूकम्पपछिको पुनःनिर्माणका क्रममा एकीकृत बस्ती निर्माण सम्पन्न गरेका छन् भने हाल महोत्तरीमा पनि सामूहिक बस्ती निर्माण गरिरहेका छन् । स्वपहलमा स्वदेश तथा विदेशबाट सहयोग जुटाएर निर्माण गरिएको सामूहिक बस्ती अनुकरणीय रहेको छ ।

बैठकले भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमतर्फको भागलाई संरक्षण र प्रबलीकरणबारे जिम्मेवारीसमेत तोकेको जनाएको छ ।

कार्यकारी समिति सदस्य हरिराम पराजुलीको संयोजकत्वमा गठित कार्यान्वयन उपसमितिलाई सोही ढाँचामा सिंहदरबार परिसरमा रहेको ग्यालरी बैठकको पुनःनिर्माणको कार्य गर्ने जिम्मेवारी तोकेको छ ।

भूकम्पबाट प्रभावित व्यक्तिमध्ये अपाङ्गता, ज्येष्ठ नागरिक, बालबालिका र विपन्न परिवारलाई दिइने थप सहुलियतलाई निर्धारण गरिएको विधिअनुसार अगाडि बढाउने निर्णय गरेको छ ।

यसैगरी बैठकले पुस मसान्तसम्म पहिलो किस्ता लिइसकेका भूकम्प पीडितले चैत १५ गतेभित्र दोस्रो किस्ताका लागि आवेदन दिनका लागि पनि आग्रह गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत प्रा डा पोखरेलले बताउनुभयो ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०३:५१ मा प्रकाशित

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

‘मैले कहिल्यै नदेखेको साहसी दीपा देखेँ” भन्दै दीपकराज गिरीले दिए दीपाश्रीलाई जन्मदिनको शुभकामना

काठमाडौं । हास्यकलाकार तथा अभिनेता दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

‘मोडल हन्ट नेपाल’को विजेता बने परन्तप र लिजा

काठमाडौँ । ‘मोडल हन्ट नेपाल २०२६’को उपाधि परन्तप भण्डारी र...

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडाैँ । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर...

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

यज्ञ सापकोटाको ‘घरझगडा–९’ सार्वजनिक, दर्शकमाझ लाेक प्रिय बन्दै

काठमाडौं । गायक तथा सर्जक यज्ञ सापकोटाले नयाँ तीज गीत...

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

तीजमा काठमाडौँमा दीपा नारायणको एकल गायन सो हुँदै

काठमाडौँ । संगीतको माध्यमबाट तिजलाई चिनाउने चर्चित गीत तिजको रहर...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...