Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्रीज्यू ! बचाइदेउन परदेशका जेलमा मृत्युदण्ड कुरिरहेकालाइ



chandaयो हप्ता विदेशमा नेपालीहरुको मृत्युदण्डका समाचार भटाभट प्रकाशित भएका छन् । समाचारले समाचारको धर्म निर्वाह गरेपनि राज्यले तत्काल ध्यान नपु¥याएको प्रतिक्रिया पनि सँगै छापिएको छ ।

गल्ती गरेर त मृत्युदण्डको सजाय पाएका होलान ! भन्ने मनोबिज्ञान पनि हामी कहाँ जवरजस्त छ । गल्ती गरेर वा फन्दामा परेर किन नहोस मृत्युदण्डको कठोरता भोग्न बाध्य भइरहेका छन् प्रवासमा नेपालीहरु ।

दिनको १८ सय नेपाली विदेश जाने परंपरा वा दैनिक तीन देखि चार शब बुझ्नुपर्ने नियतिलाई जे जसरी पनि व्याख्या गर्न सकिएला अर्थात जानै नपर्ने वातावरणका लम्बा चौडा गफ पनि सकिएला त्यो आफ्नै ठाउँमा छ । तर, घरको गर्जो टार्नका लागि विदेशीएका नेपालीको पीडा जुन रुपले दिनप्रतिदिन बढ्न थालेको छ त्यसले हामी सबैको मथिंगल प्रभावित बनाएको छ नै । देशमा केही शुरु गरु कसैले नपत्याउने, पत्याएर शुरु गर्दा पनि बाँच्न नसक्ने अवस्था भएपछि बैदेशिक रोजगारी धर्मका रुपमा जर्वजस्त उभिएको छ हाम्रा सामु । विदेशको रमाइलो कल्पना र सुखद भविष्यको सपनासँगै परीवार बालबच्चा छाडेर विदेश गएका नेपाली कोही पनि नराम्रो गर्छु भनेर जाने कुरै भएन । संसारभरी इमान्दार र कर्तव्यनिष्ठ अनि बहादुर ठहरीएका हामी नेपाली नै मृत्युदण्डको घोषणामा पर्दा कुन नेपालीले पीडा शेयर गरेको छैन र ? अहिलेको पछिल्ला घटनाक्रमले पनि त्यस्तो अनुभूति थपाएको छ ।

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइएको खबर सोमबारको कान्तिपुरमा होम कार्कीले लेखेको मसि सुक्न नपाउँदै मंगलबारको अन्नपूर्णका लागि क्वालालाम्पुरबाट छेटु शेर्पाले पठाएको अर्को खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ । यस अघिका कतिपय मृत्युदण्डमा स्वतस्फूर्त व्लड मनि उठाएर नेपालीले नेपालीलाई गरेको उद्धार र आत्मीय भाव हामीले संगालीसकेका छौं । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” बाट ठोस पहलकदमी भइ नेपाल फर्केका घटना पनि सार्वजनिक भएकै हुन । यहि परिस्थितिका वीच चितवनका जीवन रानाभाट, काठमाडौंका लाक्पा शेर्पा, कास्कीका पदम बहादुर गुरुङ, बाँकेका तारामान केसी, र निमा शेर्पालाई कुवेतको तल्लो अदालतले मृत्युदण्ड सुनाएको समाचार सार्वजनिक भएको छ । यसैगरी लागूऔषध सेवनकर्तासँग सँगै खाना खाइरहेको आरोपमा पक्राउ परेका सिन्धुपाल्चोकका सजन कार्कीलाई आजीवन काराबास तोकिएको छ । उनलाई यति सम्म अन्याय भएको छ की सेवनकर्ताहरुले नै यो निर्दोष छ, यसले खाएको हैन भन्दा पनि उनी जर्वजस्ती फसाइएका छन् । समाचारका अनुसार कुवेतमा अहिले नौ महिला सहित ६१ जना नेपाली जेलमा फसाइएका छन् \रहेका छन् ।

त्यस्तै मंगलबारको अन्नपूर्ण पोस्टमा मलेसियाको क्वालालाम्पुरबाट प्रेषित समाचारका अनुसार त्यहाँ १४ नेपाली मृत्युदण्ड कुरेर बाँचिरहेका छन् । उनीहरुलाई मृत्युदण्ड सम्म हुन सक्ने थाहा पाएपछि पहल बढाउन अनुरोध गरिसकिएको तर सरकारद्धारा ठोस काम नभएको भन्ने समाचार पनि सँगसँगै बाहिर आएको छ । कुरो सरकारी पहलको लागि राजदूतावासको अनुरोधसँग मात्र सिमित छैन की परराष्ट्रका विभागहरु वीच एक अर्कामा थाहा नभएको प्रतिक्रिया समेत उल्लेख गरिएको छ । राजदूत निरन्जनमान बस्न्यातले कस्तो पहल गरेका थिए भन्ने कुरो परराष्ट्रले लुकाउन खोज्यो वा वास्ता गरेन त्यो खोजिको विषय बन्ला तर, नेपालीहरु जेलमा रहेको थाहा पाएपछि सबैको नशामा पीडा शेयर किन भएन यो प्रश्न आम बनेको छ ।
भविष्यको सुनौलो सपना बोकेर विदेशीन बाध्य बनेका नेपाली यूवायुवतीलाई नारकिय परिस्थितिबाट मुक्त, गर्नुपर्ने ठाउँ धेरै नै छन् । एशियाका फिलीपिन्स र इण्डोनेशिया बाहेकका अन्य देशहरुमा पनि नेपालीले अस्वभाविक सजाय भोगिरहेका छन् ।

रोजगारीका लागि गएका कतिपय देशहरुमा रोजगारदाताले श्रमिक वापतको लेवि राज्यलाई नर्तिने र गैरकानुनी बनाइदिने स्थिति पनि देखिएका छन् । यस्तो स्थितिमा श्रमिक भएर जाने नेपालीको मनोबल कति खुस्किएला ? के भनेर विदेश गएको थियो, कुन परिस्थितिमा काममा घस्रिएको थियो र कुन बाध्यताले गैर कानुनी ठहर्दै नेपाल फर्कन वा उतै गलत काममा प्रयोग हुने स्थिति आइपर्यो ? यि सबै विषयहरुको सूक्ष्म अध्ययन र निष्कर्षमा नपुगिकन समस्याको स्थायी समाधान हुन्छ भन्न सकिदैन ।

यति हुँदा हुँदै पनि अप्ठ्यारोमा परिसकेका नेपालीहरुलाई त्यसबाट छुट्कारा दिलाउन सबै नेपालीको हैंसे जरुरी हुन्छ नै । कहालीका दिनहरु सोँच्दै नसोची रमाइलो कल्पनामा विदेश गएका युवायुवतीहरुमा भाषाको समस्या, सम्बन्धीत काममा तालिम र अनुभवको कमी, त्यहाँको संस्कृति र रहन सहन, कानुन तथा प्रशासनिक नितीहरुको सामान्य पनि जानकारी हुन नसकेको कारण नै धेरै समस्या पर्ने गरेका छन् ।

कसैसँग चीया खाँदा खाँदै, कसैको सामान एक ठाउँबट अर्को ठाउँमा लगिदिने माध्यमको काम गर्दागर्दै अर्थात हल्कारा, भरीया र माध्यमको कामगर्न विवश नेपालीहरु ठाउँ कुठाउँबाट पक्राउ परेका समाचार आइरहेका छन् । त्यतिमात्र कहाँ हो र अपराधिले आफ्नो अपराधको दाग नेपालीलाइ लगाउने गरी आफ्ना काम फत्ते गरिरहेका हुन्छन् । सम्बन्धीत देशको कानुन र त्यहाँको प्रशासनको नजरमा “गरिबहरुले गरेका होलान !” भन्ने भ्रम रहेको पनि पाइएको छ । सोझा निमुखा, गरीव र असहाय भएका कारण अर्काको भरीया हुन बाध्य नेपालीहरुको समस्या विदेशी भूमिमा कस्ले बुझिदिन्छ र ?

जनउत्तरदायि राज्य नबनिसकेको स्थितिमा नचाहिँदो काममा फस्न बाध्य भएका वा फसाइएका नेपालीको उद्धार गर्न प्रधानमन्त्रीज्यू तपाइ यसहघि देखि नै लाग्नु भएको छ । नेपालमा परीवार र आफन्तले आँशुका भेल बगाएर दिन बिताएका छन् । उनीहरुको सपना कहालीमा पुगेको छ । कृपया आफ्ना नागरिकको यो आर्तनाद बुझेर मृत्युदण्ड कार्यान्वयनबाट रोक्न पहल गरिदिनुस् ।

राज्य सबै नेपालीको अपनत्वको केन्द्र हो भने तपाइ राज्यको प्रमुख र कार्यकारी पात्र हुनुहुन्छ यतिबेला तपाइको आस नगरे कस्को आस गर्ने ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्