back
CTIZAN AD

आत्महत्याको प्रयास गर्ने छ जनाको सकुशल उद्धार

वि.सं.२०७८ भदौ ४ शुक्रवार

657 

shares

४ भदौ, इनरुवा । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ ।

ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैको कुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार ११:२२ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...