back

तेस्रोलिङ्गी विवाहलाई मान्यता दिनुपर्ने माग

वि.सं.२०७३ फागुन ११ बुधवार

534 

shares
IME Limited
NTC AD

११ फागुन, पथरी, मोरङ । समलिङ्गी तथा तेस्रोलिङ्गीको विवाहलाई कानुनले मान्यता दिनेखालको ऐन ल्याउनुपर्ने उनीहरुले राज्यसँग माग गरेका छन् ।

नीलहिरा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा समलिङ्गीको विवाहलाई कानुनी मान्यता नदिँदा लुकेर बस्नुपर्ने बाध्यता रहेको जानकारी दिँदै उनीहरुले तत्काल मान्यता हुनेखालको ऐन ल्याउनुपर्ने माग गरेका हुन् ।

नीलहिरा समाजका कार्यक्रम संयोजक मुस्कान श्रेष्ठले मोरङमा ११ हजारको सङ्ख्यामा समलिङ्गी तथा तेस्रोलिङ्गी रहेको जानकारी दिँदै समलिङ्गीले पनि महिला पुरुष सरहको विवाह जस्तै मान्यता दिनुपर्ने माग गर्नुभयो । समलिङ्गीको सन्तान नहुने भएको हुनाले धर्म सन्तान राख्न पाउने व्यवस्था ऐनमा उल्लेख गर्नुपर्ने उहाँको भनाई थियो ।

निलहिरा समाजका सञ्चार अधिकृत माधव दुलालले कानुनले समलिङ्गीहरुको बीचको विवाहलाई कानुनी मान्यता नदिँदा देशभरी एकसयभन्दा बढी समलिङ्गी जोडी लुकेर बस्नुपरेको अवस्था रहेको जानकारी दिनुभयो ।

वि.सं.२०७३ फागुन ११ बुधवार ०४:१६ मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...