भदौ ६, काठमाडौं । नेता वामदेव गौतमले एमाले नछाडेको उनको सचिवालयले प्रष्ट्याएको छ । आइतबार बिहान गौतमको सचिवालयले एक प्रेस नेट जारी गर्दै यस्तो प्रष्टीकरण दिएको हो ।
सचिवालयले उपाध्यक्ष गौतम माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी)मा गएको भनि गरिएको चर्चा व्यर्थ रहेको भन्दै आपत्ति जनाएको छ । गलत प्रचार गरेर गौतमको चरित्र हत्या गर्न खोजिएको सचिवालयको भनाई छ ।
‘पत्रपत्रिका तथा सामाजिक सञ्जालमा क। वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितको ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नु बाहेक केही होइन’, स्वकीय सचिव दीपक टमाटाले लेखेका छन्, ‘क। वामदेव गौतम अहिलेसम्म एमालेमै रहेको र नेकपा एमाले नेतृत्वको कार्यशैली प्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो ।’
गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । त्यसयता गौतम ओलीले बोलाएका बैठकमा पनि सहभागि हुन छाडेका छन् ।
वि.सं.२०७८ भदौ ६ आइतवार १२:३३ मा प्रकाशित






























