back
CTIZAN AD

बोयर बोका र बाख्रापालनमा आकर्षित बन्दै किसान

वि.सं.२०७८ भदौ ६ आइतवार

642 

shares

६ भदौ, डोटी । पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् ।

चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत यहाँका अन्य स्थानीय तहका ग्रामीण क्षेत्रमा बाख्रापालन गर्नेको सङ्ख्या बढ्दै गएको शिखर नगरपालिका–१ का केशबबहादुर भुलले बताए ।

उनले भने, “स्थानीय जातका बाख्राभन्दा बोयर बाख्रा चाँडो फस्टाउने र आम्दानी पनि राम्रै हुने भएकाले प्रायः सबैको रोजाइमा परेको हो ।” रुपसकाँडामा बोयर बाख्रापालन गर्नका लागि स्रोत केन्द्र स्थापना गरिएपछि त्यहाँ पालिएका बोयर बोका, बाख्रा बिक्री–वितरणले किसानको आम्दानी हुन थालेको हो ।

ग्लोबल एग्रिकल्चर एण्ड फुड सेक्युरिटी कार्यक्रमले बहुदाताहरुको सहयोगमा सरकार कृषि तथा खाद्य सुरक्षा आयोजना जिल्ला पशु सेवा कार्यलय सिलगढी डोटीमार्फत करिब १० वर्ष पहिले रुपसकाँडामा केन्द्र स्थापना गरेको थियो । बोयर बाख्रा बिक्री वितरणले किसानको मनग्य आम्दानी हुन थालेको बोयर बाख्रापालक किसान कर्ण सिजालीले जानकारी दिए ।

यहाँका बाख्रापालक किसानको उत्पादन र उत्पादकत्व बढाई आयआर्जनमा वृद्धि गर्दै पशुजन्य खाद्य पौष्टिक पदार्थको पहुँच र उपलब्धतामा सुधार ल्याउने उद्देश्यले स्थापना गरिएको उक्त बोयर बाख्रा केन्द्रमा अहिले बोयर बोका तथा बाख्रा किन्नेको निकै घुइँचो लाग्ने गरेको स्थानीयवासी भरत कुँवरले बताए ।

उनले भने, “बोयर स्रोत केन्द्रमा थुप्रै बायर बाख्रा तथा बोका पालिएका छन्, विभिन्न क्षेत्रबाट किन्न आउने ग्राहकको भीड लाग्छ, किसानको पनि आम्दानी हुन थालेको छ ।”

उक्त स्रोत केन्द्रमा विश्व कृषि तथा खाद्य सङ्गठन ९एफएओ०मार्फत अष्ट्रेलियाबाट आयातित १३ शुद्ध नश्लका बोयर जातका प्रजनन बोका वितरण गरेका थियो । अहिले दैनिक बोयर बोका तथा बाख्रा बिक्री हुन थालेपछि यहाँका किसान पनि निकै खुशी भएको बुडरका स्थानीयवासी चक्रबहादुर सार्कीले बताए ।

उनले भने, “विभिन्न सङघसंस्थाका व्यक्तिसहित अन्य गाउँका नागरिकहरू बोका, बाख्रा किन्न आउने गरेका छन्, अहिले त सबैले गाउँभरिमा बोयर बाख्रा मात्रै पाल्ने गरेका छन् ।”

स्थानीय जातका खसी बोकाको तुलनामा बोयर जातका खसी बोकाको राम्रो उत्पादन र उत्पादकत्व भएकाले यहाँका पहाडी जिल्लामा बोयर जातको प्रजनन बोकाको माग अत्यधिक रहेको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरका प्राविधिक गणेश धामीले बताए ।

किसानका अनुसार बोयर जातका बोकाको बजार मूल्य जिउँदो रु ८०० केजी छ । आम्दानी पनि हुने तथा चाँडो फस्टाउने भएकाले पनि पछिल्लो समय यहाँका किसान प्रजनन बोयर बोकापालनमा आकर्षित हुन थालेको जोरायल–२ बुडरका स्थानीयवासी विजय गाहामगरले बताए ।

रुपसकाँडाका बोयर बोकाले नै केही समयपछि मासुका लागि डोटी सक्षम हुने यहाँका बोयर बाख्रापालक किसानको दाबी छ । तत्कालीन जिल्ला पशु सेवा कार्यालय सिलगढीबाट कूल २३२ क्रस बोयर प्रजनन जाँतका बोका यहाँका अन्य पहाडी जिल्ला अछाम, दार्चुला, बैतडीका विभिन्न समूहमा बिक्री वितरण गरिएको थियो ।

वितरण गरिएका ठाउँ मध्य डोटी जिल्लाको अन्य ठाउँभन्दा रुपसकाँडामा भने यो व्यवसाय निकै फस्टाएको र अन्य ठाउँमा पनि क्रमिकरूपमा फस्टाउँदै जान थालेको जानकारी आएको मत्स्य विकास तथा पशुपक्षी विकास प्रदेश कार्यालय दिपायल राजपुरले जनाएको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार १२:२१ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...