६ भदौँ, काठमाडौँ । बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा नयाँ कार्ड प्रयोगमा ल्याएको जनाएको छ । नियर फिल्ड कम्युनिकेसन (Near Field Communication) मा आधारित कार्डमा ट्याप सुविधा भएको पीओएस (POS) मेसिनहरुमा प्रयोग गर्न सकिने छ ।
यो प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सीमित दुरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । कोभिड-१९ को जोखिम न्यूनीकरणका लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दुरी कायम गर्न सहज हुने बैंकले जनाएको छ ।
वि.सं.२०७८ भदौ ६ आइतवार १२:३५ मा प्रकाशित





























